नेपाल चिकित्सक संघको कर्णाली शाखा गठन ! अध्यक्षमा डा. रावल

शाखा स्थापना पछि जुम्लामा बैठक बस्दै चिकित्सक संघ कर्णाली शाखाका पदादधिकारीहरु
शाखा स्थापना पछि जुम्लामा बैठक बस्दै चिकित्सक संघ कर्णाली शाखाका पदादधिकारीहरु

काठमाडौँ – नेपाल चिकित्सक संघको कर्णाली शाखा गठन भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. मंगल रावलको अध्यक्षतामा कर्णाली शाखा गठन भएको हो ।

शाखाका बरिष्ठ उपाध्यक्षमा डा. पुजनकुमार रोकाया, उपाध्यक्षमा डा. प्रबिन गिरी, सचिवमा डा. हरिहर देवकोटा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा डा. राजिब शाह, सहसचिवमा डा. रमेश भट्टराई, सह कोषाध्यक्षमा  डा. निर्जना कायस्थ चुनिएका छन् । सदस्यहरुमा डा. अनु स्मृति पाल, डा. अनुप मंगल समाल, डा. सूर्यमान मेयाङ्गबो, डा. अर्जुनप्रसाद तिवारी, डा. तुफान सिंह कठायत र डा. कमल थानी रहेका छन् ।

यसअघि गत पुसमा प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको भेलाले शाखा खोल्नका लागि डा. रावलको संयोजकत्वमा १५ सदस्यीय तर्दथ समिति गठन गरि स्वीकृतिका नेपाल चिकित्सक संघमा निवेदन दर्ता गराएको थियो । सोही निवेदनको आधारमा चिकित्सक संघले शाखा खोल्न स्वीकृति दिएको हो ।

संघद्धारा कर्णाली शाखाका नाममा गत शुक्रबार प्रेसित पत्रमा भनिएको छ, ‘तदर्थ समिति गठन भई स्वीकृतिका लागि पठाएको पत्र १५ पुसमा प्राप्त भएको र ९ माघमा बसेको संघको परिषद् बैठकले उक्त पत्र बमोजिम शाखा खोल्न अनुमति दिइएको छ ।’

कर्णाली शाखाका अध्यक्ष डा. मंगल रावलले केही बर्ष अघिसम्म चिकित्सकको नाक मुख देख्न नपाइने कर्णालीमा अहिले शाखा गठन हुने अवस्थामा पुगेको बताए । उनले केही बर्ष अघिसम्म सामान्य पोष्टमार्टम समेत गर्ने सुविधा नभएको कर्णालीमा अहिले दर्जन बढी विशेषज्ञ चिकित्सक र त्यत्तिकै संख्यामा मेडिकल अफिसर बसेर सेवा प्रदान गरिहेको बताए ।

केही बर्ष अघिसम्म चिकित्सकको नाक मुख देख्न नपाउने कर्णालीमा यतिवेला नेपाल चिकित्सक संघको शाखा स्थापना भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै हाल विशेषज्ञ चिकित्सक १४ र मेडिकल अधिकृत १४ गरी २८ जना चिकित्सक कार्यरत छन् ।

उनले नवगठित शाखा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको संक्रियतामा भएको भन्दै यस क्षेत्रमा पर्ने कर्णालीका ५ सहित ९ जिल्लालाई समेटेर अघि बढने बताए । ‘कर्णालीमा पर्ने हुम्ला जुम्ला मुगु डोल्पा कालिकोट त छदैछ त्यसबाहेक हामी जाजरकोट, बाजुरा अछाम र बझाङलाई पनि समेटेर अघि बढ्ने छौँ,’ उनले भने ।

कर्णालीमा चिकित्सक संघ गठन हुने अवस्था पुगेपछि नेपालको स्वास्थ्य सूचकमा पनि सकारात्मक नतिजा आउने रावलले बताए । ‘नेपालको हेल्थ इन्डिकेटर तल हुनुमा यस क्षेत्रको ९ जिल्लाको बाल, शिशु र मातृमृत्युदरले निकै भूमिका रहन्छ । अव जिल्ला जिल्लामा चिकित्सक पुग्ने र सुविधा सम्पन्न अस्पताल खोल्न सके यसले सो इन्डिकेटरमा धेरै ठूलो परिर्वतन देखा पर्छ’ डा. रावलले नेपाली हेल्थसंग भने ।

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जना विशेषज्ञ र १४ जना मेडिकल अधिकृत कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *