प्रथम रक्तदाता दिवस मनाइयो, ४ जनाले पाए मरणोप्रान्त सम्मान

IMG_20160305_154856

काठमाडौँ – प्रथम रक्तदाता दिवसको अवसर पारी व्लड डोनर्स एसोसिएसन नेपाल (व्लोदान)ले प्रथम रक्तदाता सहित चार जनालाई मरणोप्रान्त सम्मान गरको छ ।

त्यसरी सम्मानित हुनेमा प्रथम स्वयंसेवी रक्तदाता स्वर्गीय दयाबीर सिं कंसकार, प्रथम महिला स्वयंसेवी स्वर्गीय तारादेबी तुलाधर, नेगेटिभ ग्रुपका प्रथम स्वयंसेवी रक्तदाता स्वर्गीय रामेश्वर प्रसाद श्रेष्ठ र सबैभन्दा धेरै पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता स्वर्गीय आनन्दकुमार श्रेष्ठ रहेका छन् ।

शनिबार आयोजित विशेष समारोहमा व्लोदानले सम्मानित व्यक्तिका आफन्त मार्फत मरणोप्रान्त कदरपत्रद्धारा सम्मान गरेको हो । सोही अवसरमा सेन्चुरीयन व्लड डोनर्स सम्मानबाट श्रीमती निता घिराइयालाई समेत सम्मान गरिएको छ ।

व्लोदानले यसअघि हरेक वर्ष जुन १४ मा पर्ने विश्व रक्तदाता दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै आएको थियो । तर यसपटक देखी स्वर्गीय दवाबीर सिं कंसकारले रक्तदान गरेको दिन २२ फागुन २००० को दिनलाई (जो नेपालमै पहिलो पटक स्वयंसेवाको रुपमा गरिएको पहिलो रक्तदान थियो ) सम्झना स्वरुप राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय अनुरुप शनिबार पहिलो दिवस मनाइएको हो ।

दिवसको अवसरमा बोल्दै व्लोदानका अध्यक्ष महेन्द्रविलास जोशीले सहज रुपमा आम जनताको पहुचमा रक्तसेवा पुरयाउनुपर्नेमा जोड दिए । उनले विरामीको उपचारका क्रममा आवश्यक पर्ने रगत सहजरुपमा विना सोधभर्ना उपलव्ध गराउन लागि परेको बताए । उनले नेपालमा रक्तसञ्चार सेवा सुरु भएको स्वर्ण दिवसको उपलक्ष्यमा स्वयंसेवी रक्तदाता तथा संघसंस्थालाई सम्मान गर्ने हेतुले दिवस मनाउन सुरु गरिएको बताए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैकका निमित्त प्रमुख डा प्रकाश यादवले आम जनताको पहुचमा रगत उपलव्ध गराउन सरोकारवाला संस्थासंग हातेमालो गरी अघि बढन चाहेको बताए । उनले प्रयास गर्दा गर्दै पनि कतिपय अवस्थामा अभाव झेल्न नसकिएको बताए ।

कार्यक्रममा अन्य सहभागीहरुले रगतको महत्वको बारेमा विचार व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *