पक्राउ परेका उद्योगीलाई तत्काल रिहा गर्न औषधी उत्पादक संघको माग

appon

काठमाडौँ- नेपाल औषधी उत्पादक संघले पक्राउ परेका शुक्रबार पक्राउ परेका उद्योगीलाई तत्काल रिहा नगरे देशभरका रहेका औषधी उद्योग अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । उसले मूल्य समायोजनका लागि निजी क्षेत्र सम्मिलित उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।

महानगरीय प्रहरील नेतृत्वमा खटिएको टोलीले शुक्रबार लोमस फर्मास्यूटिकल्स र देउराली जनता फर्मास्यूटिकल्सका ४ जना सञ्चालकलाई पक्राउ गरेको थियो । उनीहरुमाथि सरकारी दररेट भन्दा बढी मूल्यमा औषधि बिक्री गरि कालोबजारी गरेको आरोप लागेको छ ।

संघले विज्ञप्ती जारी गर्दै उत्पादन लागत चुलिएको अवस्थामा समेत जनताको स्वास्थ्यलाई ख्याल गर्दै साविककै मुल्यमा औषधि उपलव्ध गराउदैआएको भन्दै कानून सम्वत ढंगले देशको स्वस्थ्यक्षेत्रमा जिम्मेबारी पूर्वक काम गरिरहेको व्यवसायीलाई निरुत्साहित गर्ने काम भएको जनाएको छ ।

संघले खुल्लाबजार अर्थतन्त्रको मान्यताविपरित लागत मुल्य नै नधान्ने गरी सरकारले एकतर्फी ढंगले बजार मूल्य निर्धारण गर्नु हास्यास्पद रहेको जनाएको छ ।

संघले सरकारले नियन्त्रणमा लिइएका उद्योगीहरुलाई तत्काल रिहा गरि औषधीको मुल्य सन्दर्भमा निजी क्षेत्र सहितको सहभागितामा एक अधिकार सम्पन्न आयोग बनाई औषधीको मुल्य विवाद समाधान गर्न माग गरेको छ । र सो विवाद समाधान नहुँदासम्म साविककै मुल्यमा औषधि बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

रु ७० प्रति डलरको दररेट हुँदा तोकिएको मुल्य अहिले डलर बढेर ११० पुग्दा समेत सोही मूल्यमा औषधि विक्री संसारमा कहि नभएको भन्दै संघले उद्योगको लागि बिजुली,डिलज लगायतका इन्धन दिन नसक्ने सरकारले अहिले व्यवसायीहरुलाई हतोत्साहित गर्न खोजेको आरोप लगाएको छ ।

संघले सरकारले नियन्त्रणमा लिइएका उद्योगीहरुलाई तत्काल रिहा गरि औषधीको मुल्य सन्दर्भमा निजी क्षेत्र सहितको सहभागितामा एक अधिकार सम्पन्न आयोग बनाई औषधीको मुल्य विवाद समाधान गर्न माग गरेको छ । र सो विवाद समाधान नहुँदासम्म साविककै मुल्यमा औषधि बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *