नक्कलीको आरोपमा अर्का एक सरकारी डाक्टर पक्राउ

cib

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले विहीबार थप एक जनालाई नक्कली डाक्टर भएको आरोपमा पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा काठमाडौँ थानकोटका सुजीतकुमार श्रेष्ठ हुन् ।

सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दिवेश लोहनीका अनुसार श्रेष्ठ पछिल्लो तीन बर्ष देखी चिकित्सकको रुपमा डोटी जिल्ला अस्पतालमा कार्यरत थिए । विहीबार घर आएको मौकामा उनलाई सीआईबीले थानकोटबाट पक्राउ गरेको हो ।

एसपी लोहनीका अनुसार चीनबाट एमबीबीएस गरी मेडिकल काउन्सिलको लाइसेन्स समेत उत्तीर्ण गरेका श्रेष्ठको आइएस्सी प्रमाणपत्र नक्कली भेटिएको हो ।

 सुजितकुमार श्रेष्ठ
सुजितकुमार श्रेष्ठ

‘अनुसन्धानका क्रममा श्रेष्ठले त्रिविको अमृत साइन्स क्याम्पस अस्कलमा आइएस्सी गरेको तर फिजिक्स बिषयमा अनुत्तीर्ण भएर पनि उत्तीर्ण सर्टिफिकेट बनाई एमबीबीएस गर्न गएको देखिन्छ ‘ नेपाली हेल्थसंग लोहनीले भने ।

एसपी लोहनलीले प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठले पनि आइएस्सीमा गडबड भएको स्वीकारेका छन् ।सीआइबीले उजुरीका आधारमा श्रेष्ठ माथि छानवीन गरि पक्राउ गरिएको समेत स्पष्ट पारेको छ ।

सीआइबीले यसअघि नक्कली चिकित्सकको आरोपमा १३ जनालाई पक्राउ गरी १२ जनामा मुद्धा चलाएको छ । एक जना भने मानसिक अवस्था ठिक नभएको भनि पछि मुद्धा चलाउने गरी छाडिदिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *