‘हरेक ३३ जन्ममा एक जनामा जन्मजात खराबी’

birth defect

काठमाडौँ –  विश्व स्वास्थ्य संगठनको सर्भेक्षण अनुसार हरेक ३३ जन्ममध्ये एक जनामा जन्मजात खराबी देखिने गरेको छ । संगठनले करिब संसारभर २७ लाख ६० हजार बच्चाहरु एक महिना भित्रै मर्ने गरेको जनाएको छ ।

दक्षण पूर्वी एसियाको क्षेत्रहरुमा भने मुटुमा खराबी, न्यूरल ट्यूव खराबी, डाउन्ड सिन्ड्रोम आदि जस्ता जन्मजात खराबीहरु देखिने गरेका छन् । मरेको बच्चा जन्मिने र जन्मेपछि मर्ने समस्याको मुख्य कारण बनेको छ । बाँचेकाहरुमा पनि दिर्घकालीन समस्या रोग तथा शारीरिक, मानसिक विकास नहुने जस्ता समस्या देखिन्छन् ।

यसैबीच विश्व बर्थ डिफेक्ट डे को अवसरमा डव्लुएचओ दक्षिण पूर्वी एसियाकी क्षेत्रीयनिर्देशक डा. पुनम क्षेत्रपालसिंहले सन्देश दिदै जन्मजात खराबी रोक्न विशेष पहल गर्नुपर्ने बताईन ।

जन्मजात खराबीका कारण संसारभर २७ लाख ६० हजार बालबालिकाको एक महिना भित्रै मृत्यु हुने गरेको छ ।

उनले जन्मजात खराबी बंशाणुगत संक्रमण तथा वातारणीय कारणले हुन सक्ने भन्दै जनसमुदायमा यसको कारण समाधान तथा रोकथामको उपायको बारेमा जनचेतना बढाउनु नै प्रभावकारी हुने बताइन ।

‘धेरै जसो वर्थ डिफेक्ट गर्भधारणको बेलामा स्वस्थ वानी, खाना तथा आचरणले काम गर्न सकिन्छ भने वर्थ डिफेक्ट भइसकेमा पन समयमै उपचार गर्नाले यसको प्रभावलाई घटाउन सकिन्छ ‘ डा. सिंहले भनिन् ।

रुबेला भ्याक्सिन, फोलिक एसिड, आयोडिन आदिको उपभोग तथा जन्मनु अघि र जन्मेपछि आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिनाले यसको रोकथाम गर्न सकिने चिकित्सकहरु बताउछन् ।

डव्लुएचओले गत वर्षदेखी ३ मार्चलाई विश्व बर्थ डिफेक्ट डे को रुपमा मनाउने गरेको छ । बालबालिकाको मुत्युको मुख्य कारण बनेको बर्थ डिफेक्टको बारेमा जनचेतना फैलाई त्यसलाई कम गर्ने उद्देश्यले यो दिनलाई सम्झन थालिएको हो ।

यसपटक जिका भाईरसको प्रकोप र त्यसले ल्याउने माइक्रोसेफाली भनिने जन्मजात खराबीको प्रकोप बीचमै विश्व बर्थ डे मनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *