सुर्ती उत्पादकलाई उद्योग मन्त्रीको निर्देशन, ‘पहिले ९० प्रतिशत चित्र छाप्नुस बाँकी समस्याका बारेमा पछि कुरा गरौँला’

som pd

काठमाडौँ – उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सुर्तीजन्य पदार्थमा सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्रै बजार पठाउन सुर्ती उद्योगीहरुलाई निर्देशन दिएका छन् । उनले ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश नछापी बजार पठाउनु गैरकानूनी भएको बताएका छन् ।

विहीबार उद्योगमन्त्रालयमा आयोजित सुर्तीउद्योगीहरुको भेलामा मन्त्री पाण्डेले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लाई संसोधन गर्न बनेको निर्देशिका २०७१ ले सबैखाले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश राख्ने व्यवस्था गरेको भन्दै उद्योगीहरुले त्यसको कार्यान्वनय गर्नुको बिकल्प नभएको बताए ।

उनले सरकारले तोकेको मापदण्ड मानेपछि उद्योगका बाकी समस्याका बारेमा छलफल गर्ने उद्योगीहरुलाई बताएका थिए ।

उद्योगीहरुको तर्फबाट सूर्यनेपाल प्रालिका प्रमुख रबि केसी, म्यानेजर उत्तम कार्की लगायतले बोलेका थिए । उनीहरुले नयाँ निर्देशिकाले स्वदेशी सुर्ती उद्योगलाई मार परेको भन्दै नयाँ मापदण्ड संसोधन गर्न मन्त्रीसंग माग गरेका थिए । उनीहरुले ९० प्रतिशत चित्र छाप्न असमर्थ हुने भन्दै निर्देशिका पुन संसोधन गरी ७५ प्रतिशतमा झार्न माग गरेका थिए ।

छलफलमा आफ्ना धारणा राख्दै सूर्य नेपालका प्रमुख केसीले बर्तमान निर्देशिका विवादित भईसकेको दावी गर्दै यसबारे अध्ययन गर्न सरोकारवाला सम्मिलित कमिटि गठन गर्न उद्योग मन्त्रीसंग माग गरेका थिए । उनीहरुले कमिटीले प्रतिवेदन नदिदासम्म सरकारी अनुगमनलाई स्थगित गर्नुपर्ने माग गरेका थिए ।

तर मन्त्री पाण्डले मापदण्ड घटाउने विषयमा कुनै कुरा नहुने भन्दै अन्य विषयमा छलफल गर्न सकिने बताए । उनले भने, ‘यो जनताको स्वास्थ्यसंग जोडिएको विषय हो । धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि राज्यले गतवर्ष नै कानून बनाईसकेको छ । र यो लागू हुनुपर्ने समय भन्दा पनि निकै ढिला भइसकेको छ । त्यसैले मैले तपाईँहरुलाई यो मापदण्ड किन पालना नगर्नु भएको हो भनेर छलफलका लागि बोलाएको हो ।’

उनले सरकारी मापदण्ड अनुसार चुरोट बजारमा पठाएपछि मात्रै अन्य समस्याका बारेमा छलफल हुने बताएका थिए ।

नयाँ नियम लागू भएको ९ महिना वितिसक्दा समेत उद्योगीहरुले ९० प्रतिशत चित्रअंकित स्वास्थय सन्देश नछापेपछि गतसाता देखी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला जनस्वास्थ्य कार्यालय र महानगरीय प्रहरी परिषर टेकुले सयुक्त अनुगमन टोली खटाई मापदण्ड विपरितका चुरोट जफत गर्न थालेको थियो ।

त्यस लगत्तै विदेशी कम्पनीले मापदण्ड अनुसारका चुरोट बजारमा पठाएको छ । तर स्वदेशी उत्पादनका चुरोटले भने अहिलेसम्म अटेरीगर्दै आएका छन् ।

tbaco1

toabaco5 (2)

toabaco5 (1)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *