मेडिकल कलेज सम्वन्धन प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका १७ जनाले पाए सफाई

Bishesh_Adalat

काठमाडौँ – मेडिकल कलेज सम्वन्धन प्रक्ररणमा भ्रष्टाचारको आरोप लागेका १७ पदाधिकारीले सफाई पाएका छन् । विशेष अदालतले झुटा प्रतिवेदन दिएको नदेखिदा अभियोग दावी पुग्न नसक्ने भन्दै उनीहरुलाई सफाई दिएको हो ।

उनीहरुमाथि रुपन्देहीस्थित देवदह मेडिकल कलेजलाई सम्वन्धन दिने क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

सफाई पाउनेमा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष ए.ई.अन्सारी, सदस्यहरु डा. मनोहर प्रधान, डा. शिवजी पौडेल रहेका छन् । त्यस्तै डा. अनिल झा, डा. रोशन पिया, डा. निरज पन्त, डा. कूलदीप गोईत, डा. अंकुर साह, ज्योती बानिया रहेका छन् ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका प्रवन्धक प्रद्युम्न श्रेष्ठ, परीक्षा नियन्त्रक डा. पन्ना थापा र प्राध्यापक रमेश प्रसाद सिंह, जगदिश चटौतले पनि सफाई पाएका छन् ।

चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्राध्यापक सतिस कुमार देवदेवदह मेडिकल कलेजका निर्देशक रजनिस जिन्दल, अध्यक्ष निलकण्ठ काफ्ले र सञ्चालक हिमलाल ज्ञवालीले पनि सफाइ पाएका छन् ।

देवदह मेडिकल कलेजवारे गलत प्रतिवेदन तयार गरी काउन्सिल ऐन विपरित सम्बन्धन दिएको आरोप उनीहरुमाथि थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *