प्राधिकरणले तेह्रवटा अस्पतालका डेटिकेटेड फिडर काटिदियो

nepal-bidhut-pradhikaranचितवन –  नेपाल विद्युत प्राधिकरणले अस्पताल तथा मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर काटिदिएको छ । वितरण केन्द्र भरतपुरले सोमबार जिल्लाका ११ निजी अस्पताल र दुई वटा मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर काटिदिएको हो । ती स्थानमा सिटी फिडर जोडिएको छ ।

भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताए । तर निजी अस्पताल समन्वय समिति चितवनका सचिव तथा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प धिताल भने पुनरावेदन अदालत हेटौँडाले सात दिनअघि अन्तरिम आदेश जारी गरिसकेका बेला प्राधिकरणले लाइन काटेको बताए । उनले भने, “अदालतले सात दिनको म्याद दिएको थियो, सोमबार सात दिन पुगेपनि अदालतमा भएको छलफलपछि पुनः मुद्दाको किनारा नलागेसम्म विद्युत् नकाट्न आदेश दिएको छ । तर प्राधिकरणले किन काट्यो हामीलाई थाहा छैन ।”

इञ्जिनियर पौडेल भने अदालतको आदेश आधिकारिक रुपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको बताए । उनले अदालतको आदेश आए केन्द्रमा समन्वय गरेर सोहीअनुसार अघि बढ्ने बताए ।

जिल्लाका अस्पताल तथा मेडिकल कलेजहरुले भने विद्युत कटौतीसंगै अस्पतालको सेवामा समेत कटौती हुने बताएका छन् । उनीहरुले १३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको बताए । सचिव धिताल भन्छन् , “ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *