बंगलादेशका ‘ट्रि म्यान’ को जराजस्तो मुसा हटाइदै (फोटो फिचरसहित)

15

एजेन्सी – ‘ट्रि म्यान’को उपाधि सहित केही महिना अघि विश्वभरका सञ्चारमाध्यममा मुख्य समाचारमा छाएका बंगलादेशी युवक अब्दुल बजन्दरको सल्यक्रिया सुरु भएको छ । बंगलादेश सरकारको खर्चमा ढाका मेडिकल कलेज टिचिङ हस्पिटलमा उनको सल्यक्रिया सुरु भएको हो ।बजन्दर गत महिना देखी सो अस्पतालमा भर्ना भएका थिए ।

9

अस्पतालका अनुसार गत शनिबार चिकित्सकहरुको नौ सदस्यीय टोलीले साढे तीन घण्टा लामो सल्यक्रिया गरि बजन्दरको दाहिने हत्केलामा रहेको केही मुसा हटाएका छन् । तीन हप्तासम्म दाया हातको सल्यक्रिया प्रभाव हेरेपछि बाँकि भागको सल्यक्रिया गर्ने उनीहरुको भनाई छ । 

10

२६ बर्षीय अब्दुल “इपिडर्मो डिस्प्लासिया भेरुसीफर्निस” नामक विरलै हुने छालाको रोगबाट बिगत १० वर्षदेखि पिडित थिए । अप्रेसन अगाडि भावुक हुदै वजन्दर भन्छन् “म दश वर्ष देखि यो रुपमा पिडासंगै वाँचिरहेको छु म एक सामान्य मान्छेको जीवन बाँच्न चाहन्छु । म आफ्नो छोरीलाई समाउन चाहन्छु । म आफ्नै हातले खाना खान पनि चाहन्छु ।”

11

अप्रेसन टोलीका प्रमुख डा. सामन्तालाल सेन भन्छन् “अप्रेसन सफल भयो उसको दायाँ हात बाट हामील केही मुसा हटायौं अहिले उनी खुसी छन् । अब हामी उनको अवस्था तीन हप्ता सम्म जाँचिराख्छौं र त्यसपछि बाँकी भागको वार्ट हटाउने वा नहटाउने निर्णय लिन्छौं ।”

12

वजन्दरको सो सर्जरी खर्च बंगलादेशी सरकारले बेहोर्ने भएको छ । अस्पतालका प्रमुख डा. सेनका अनुसार संसारभर “इपिडर्मोडिस्प्लासिया भेरुसी फर्मिस”का केवल तीन केशहरु छन् र ती मध्ये वजन्दर एक हुन् ।

13

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *