नेपालका ८१ प्रशित जवान महिला आफ्नो जीवनसंग सन्तुष्ट, ८२ प्रतिशत खुशी

c

काठमाडौँ – नेपालका ८१ प्रतिशत जवान महिला आफ्नो जीवनसंग सन्तुष्ट भएको बताएका छन् । केन्द्रीय तथ्यांक विभागले विहीबार सार्वजनिक गरेको बहुसूचक सर्भेक्षण(एनमिक्स)२०७१ले यस्तो देखाएको हो ।

सर्भेक्षणले ८२ प्रतिशत जवान महिला आफू निकै खुशी वा केही खुसी भएको बताएका थिए । सर्भेक्षणका अनुसार भर्खरै विवाह बन्धनमा बाधिएका महिलाहरुमध्ये ४७ प्रतिशतले परिवार नियोजनको आधुनिक साधन प्रयोग गरेको र २ प्रतिशतले भने पुरानै अर्थात वीर्य बाहिर झार्ने पद्धतीबाटै काम चलाएको बताएका थिए ।

अचम्म लाग्दो कुरा त के छ भने झन् उच्च बर्ग तथा शैक्षिक स्तर माथि भएका अर्थात शिक्षित महिलाहरु नै परिबार नियोजनको आधुनिक साधान कम प्रयोग गर्नेको सूचीमा माथि थिए । उनी परम्परागत विधिमै रमाएको बताएका थिए ।

सर्भेक्षणले १५ बर्ष नपुग्दै अर्थात बालकै उमेरमा रक्सिको स्वदास्वाद लिएका महिलाहरुको संख्या ७ प्रतिशत र सोही उमेरमा चुरोटको खाएकाको संख्या ४ प्रतिशत रहेको बताएको छ । दैनिक रक्सी खाने महिला १० प्रतिशत, दैनिक चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने महिला ९ प्रतिशत रहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *