सुर्ती अनुगमनमा तिब्रता : काठमाडौँका प्रशासन, प्रहरी र जनस्वास्थ्यका प्रमुखहरु सुर्तीजन्य पदार्थको अनुगमनमा

DSC00376

काठमाडौँ – सरकारले सुर्तीजन्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । बुधबार उच्चस्तरीय अनुगमन टोलीले अनामनगर हनुमानथानस्थित सूर्य नेपालको आधिकारिक सप्लार्यस एबीसी मार्केटिङ प्रालिमा छापा हानी ठूलो परिमाणको चुरोट सिल गरेको छ ।

जिल्ला प्रशासन कार्यलय काठमाडौका प्रमुख (सीडीओ) रामकृष्ण सुवेदी, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख (एसएसपी) विक्रमसिंह थापा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख अच्युत लामिछाने सहितको उच्चस्तरीय टोलीले डिलरमा छापा मारेको थियो । सो क्रममा मापदण्ड विपरीतका ६३६ बाकस विभिन्न ब्राण्डका चुरोटमा सिल गरेको छ ।

टोली प्रमुख सुवेदीले ९० प्रतिशत चित्रंअंकित स्वास्थ्य संन्देश राख्नुपर्ने व्यवस्थाको नेपाली उत्पादकले अटेरी गर्दै आएकोले अनुगमन गरी मापदण्ड विपरीतका चुरोटहरु सील तथा जफत गरेको बताए । चुरोट उत्पादकले कानूनलाई नै चुनौति दिनेगरी लामो समय सम्म अटेरी गर्दै आएपछि बाध्यभएर मापदण्ड विपरीतका चुरोटमा सील गरिएको बताए ।

DSC00378

एसएसपी थापाले कानून भन्दा माथि कोही नभएको भन्दै मापदण्ड विपरीतका चुरोट उत्पादन गर्ने तथा विक्री वितरण गर्ने माथि कारबाही प्रक्रिया सुरु गरिएको बताए । उनले कुलतको पहिलो खुडकिलो र क्यान्सर रोगको खानी सुर्तीजन्य पदार्थ प्रयोगमा नियन्त्रण गर्न सरकारले ल्याएको कानून ८ महिना भन्दा बढी समयसम्म अटेरी गरेकोले अनुगमन तथा कारबाहीको प्रक्रिया अघि बढाएको बताए ।

जनस्वास्थ्य कार्यालयका प्रमुख लामिछानेले ९० प्रतिशत चित्रांकित स्वास्थ्य सन्देश नभएका चुरोट जफत गर्ने, सार्वजनिक स्थलमा धु्रमपान गर्न नदिने ,सजाएर राख्न नपाउने , नाबालक तथा गर्भवतीहरुलाई खरीद विक्रीमा निशेध गर्ने नियमको नियमनमा लागेको बताए । उनले अनुगमनले तिव्रता दिइएको भन्दै यसलाई निरन्तरता दिइने बताए ।

सप्लायर्स एविसी मार्केटिङका प्रमुख गोविन्द श्रेष्ठले आफूलाई मापदण्ड बारे जानकारी नभएको भन्दै बचाउ गरेका थिए । उनले सो डिलरमा करीब ६० लाख बराबरको चुरोट रहेको बताए ।बानेश्वर क्षेत्रलाई आधार बनाई चुरोट सप्लाई गर्ने एबीसीले दैनिक १५ देखी २० लाखको कारोबार गर्ने श्रेष्ठले बताए ।

सो डिलर डेढ बर्ष अघि पनि सिल भएको थियो । तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले चित्र अंकित प्याकेट नभेटेपछि सिल गरेको थियो ।

त्यसो त हिजो मात्रै सहायक प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेको टोलीले दरबारमार्गको ग्रिनलाइन स्टोर्स र टंगालस्थित भाटभटेनी सुपरमार्केटमा छापापारी ठूलो परिमाणमा मापदण्ड विपरीतका चुरोट जफत तथा सिल गरेको थियो ।

कति परिमाणमा सिल भयो ?

tobacco1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *