‘नसर्ने रोगको प्रकोप नियन्त्रणका लागि समेत प्राकृतिक चिकित्सा प्रणाली उपयुक्त’

काठमाडौँ – प्राकृतिक चिकित्सा पद्धतीलाई प्राथमिकतासाथ अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पछिल्लो समय नसर्ने रोगको प्रकोप बढेले त्यसको नियन्त्रणका लागि प्राकृतिक प्रभाबकारी हुने भन्दै उनीहरुले जोड दिएका हुन् ।

कालिमाटी सोल्टीमोडस्थित स्पार्क हेल्थ होम अस्पतालको चौबिसौं बार्षिकोत्सवको समारोहको मंगलबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्राकृतिक चिकित्साको महत्व धेरै भएको बताए । उनले प्राकृतिक चिकित्सा पद्धती परापूर्वकाललेखि चल्दै आएको र अत्यन्त प्रभावकारी भएको भन्दै यसलाई अझ नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुनिल पौडेलले पछिल्लो समय नसर्ने रोग बढिरहेका बेला विभिन्न औषधि मात्र खाएर नहुने भन्दै योग , शारीरिक अभ्यास खानपान लगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले औषधिबिना नै स्वस्थ रहन सक्ने तरिकाको रुपमा प्राकिृतिक चिकित्सिा पद्धतिलाई अघि बढाउनुपर्ने बताए ।

यसैबीच बार्षिकोत्सवको अवसर पारी अस्पतालले भूकम्प प्रतिरोधी नयाँ भवनको शुभारम्भ गरेको छ । प्रमुख अतिथि बनेका डा.भट्टराईले नयाँ भवनको शुभारम्भ गरेका हुन् ।

सोही अवसरमा अस्पतालले यस वर्षको सर्वोत्कृष्ट कर्मचारी अवार्ड अनमी कल्पना सिलवाललाई प्रदान गरेको थियो । पाँच वर्षदेखि कार्यरत सिलवाललाई दश हजार नगद सहित पुरष्कृत गरिएको हो ।

यसै वर्षदेखि शुरु गरिएको यो परम्परा अबदेखि प्रत्येक वर्ष निरन्तरता दिने अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *