देशभरका २६ हजार व्यक्तिमा ‘शुक्ष्मपोषण तत्व सर्भेक्षण’ गरिँदै

bal swasthya

काठमाडौँ – सरकारले आगामी २२ चैत देखी देशका ७३ वटा जिल्लामा दोस्रो सुक्ष्मपोषण तत्व सर्भेक्षण सुरु गर्ने भएको छ । आगामी असार महिनासम्म चल्ने उक्त सर्भेक्षणमा बालबालिकामा भिटामिन ‘ए’को अवस्था, आयोडिन, जिंक, आइरन लगायतका तत्वहरुको अध्ययन गरिने जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका अनुसार सर्भेक्षणमा ४ हजार ३२० घरधुरीका २५ हजार ९२० जना बालबालिका तथा महिला समेट्ने लक्ष्य लिइएको छ । तर सर्भेक्षणमा हुम्ला र रसुवा जिल्ला परेका छैनन् ।

बालबालिकामा भिटामिन तथा पोषणको अवस्थाबारे जानकारी लिन यो सर्भेक्षण गरिन लागिएको महाशाखाले जनाएको छ । महाशाखाका पोषण शाखा प्रमुख गिरीराज सुवेदीले १८० वटा क्लस्टर बनाई सर्भेक्षण गर्न लागिएको बताए । उनले सर्भेक्षणका क्रममा बालबालिकाबाट रगतको नमूना संकलन गरिने जानकारी दिए । उनले सोही कारण ६ र ७ गते खुवाइने भिटाभिने ए कार्यक्रम २० र २१ फागुनका लागि सारिएको जानकारी दिए ।

त्यसबाहेक सर्भेक्षणमा १५ देखी ४९वर्षका महिला , गर्भवती महिला, गर्भवती नभउका महिला, १० देखी १९ बर्षका किशोर किशोरी, ६ देखी ९ बर्षका बालबालिका समेत समेटिने छन् ।

सर्भेक्षणका टोली नेता डा. राजेन्द्र बिसीका अनुसार २२ बर्षबाट सञ्चालनमा ल्याइएको भिटामिन ए कार्यक्रम कत्तिको प्रभावकारी छ भन्ने बारेमा अध्ययन गर्न लागिएको हो । यो अध्ययनले देखाएको नतिजा अनुसार कार्यक्रमको समिक्षा हुने बताए ।

उनले सर्भेक्षणमा ल्याव टेक्निसियन, स्टाफनर्स, पव्लिकहेल्थका विद्यार्थीहरु सहभागी हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “देशभरका २६ हजार व्यक्तिमा ‘शुक्ष्मपोषण तत्व सर्भेक्षण’ गरिँदै

  1. Good news. Thanks to CHD for initiation. It is high time to assess the impact of Vitamin A and iron supplementation. But how authentic would be the outcome of survey is the most burning issue. In addition to government run programs for Vitamin A and Iron supplementation, Nepalese have been also consuming their farm produces that supply these micro-nutrients.

Leave a Reply

Your email address will not be published. Required fields are marked *