स्वादमा तितो मेथी, प्रभावकारी ओखती

 डा. राजेन्द्रकुमार गिरी
डा. राजेन्द्रकुमार गिरी

तरकारी पकाउदा होस वा अचार बनाउदा होस भान्सा कोठामा मेथीको गेडा झवाँइ पार्ने काम हामी सबैले गर्दछौँ । तर स्वादको लागि होकी ? स्वास्थ्यको लागि हो ? हामीले यसबारे ध्यान दिएका हुँदैनौँ ।

परम्परादेखी चलि आएको प्रचलन भएपनि मेथी स्वाद भन्दा बढी स्वास्थ्यको लागि उपयोगि भएको विभिन्न आयुर्बेदिक ग्रन्थहरु एबं अनुसन्धानबाट देखिएको छ ।

मेथीमा रहेको एक प्रकारको ‘डायसोजेनिन’ रसायनले आमासयको घाउ हुनबाट जोगाएको अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानबाट आमासयको झिल्लीमा रहेको गलाइकोप्रोटीन बिरुद्ध काम गरि अम्लरसलाई रोक्दछ । त्यसैले यो आमासयको घाउका लागि प्रभावकारी मानिन्छ ।

मेथीमा रहेको एक प्रकारको ‘डायसोजेनिन’ रसायनले आमासयको घाउ हुनबाट जोगाएको अनुसन्धानले देखाएको छ । उक्त अनुसन्धानबाट आमासयको झिल्लीमा रहेको गलाइकोप्रोटीन बिरुद्ध काम गरि अम्लरसलाई रोक्दछ । त्यसैले यो आमासयको घाउका लागि प्रभावकारी मानिन्छ ।

methi

त्यसो त हाम्रो परम्परागत आयुर्बेदिक ग्रन्थहरुमा पनि मेथीबारे उल्लेख नभएको भने होइन । मेथी आयुर्वेद ग्रन्थहरुमा चतुर्बिज गणमा पर्दछ । नेपालको तराईदेखि पहाडको बेसीमा झण्डै चार हजार फिटको उचाइसम्म यसको खेती हुने गरेको छ ।

आयुर्बेदिक चिकित्सामा पनि अम्लपित्त, पेट फुलेको अवस्थामा मेथी प्रयोग गर्न सल्लाह दिने गरेको पाइन्छ । कब्जियतमा पनि त्यत्तिकै प्रभावकारी मानिन्छ ।

एक अध्ययन अनुसार मधुमेह अर्थात चिनीरोगीहरुमा यसको प्रयोगबाट रगतमा ग्लुकोजको मात्रा कम देखिएको पाइएको छ । त्यसैले हाम्रो गाउँघरमा मेथी पनि दैनिक रुपमा खानेबानीलाई राम्रो मानिएको हो । खोकी एबं घाँटीको दुखाइमा पनि यो प्रभावकारी मानिएको छ । त्यसो त मेथीले बाहिरी घाउ खटिरालाई चाँडो पकाउन पनि मद्दत गर्दछ ।

कसरी प्रयोग गर्न सकिन्छ त ?

यसको बिजको धूलोको रुपमा प्रयोग गर्न सकिन्छ । प्राय आन्तरिक रुपमा मुखबाट प्रयोग गरिन्छ । रसको रुपमा एवं जेलको रुपमा प्रयोग गरिन्छ । । मेथीको बिजको कल्क ५ देखि १० ग्राम, धुलो १ देखि ३ ग्राम यसको हरियो भाग १०० ग्राम सम्म तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

तर प्रयोग गर्नुभन्दा अगाडी चिकित्सक एवं स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नु पर्दछ । धेरै प्रयोगले पेटलाइ झन असर गर्न सक्छ । कहिलेकाही यसको तितोपनालाई कम गर्न अत्यधिक चिनिको प्रयोग गर्दा चिनीरोगीहरुले ख्याल गर्नुपर्दछ । स्तनपान एबम गर्भवती महिलाहरुको अवस्थालाई पनि ख्याल गर्नु जरुरी छ ।

# डा. गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक हुन्  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *