नक्कली डाक्टर अमेरिकामा पनि

robisonएजेन्सी – नक्कली डाक्टर बनि विरामी जाँच गरेका नेपालका पछिल्ला समाचार सेलाउन नपाउँदै अमेरिकामा पनि त्यस्तै घटना घटेको छ ।

फ्लोरिडा राज्यको स्वास्थ्य विभाग र नार्कोटिक विभागको सयुक्त टोलीले गत मंगलबार एक १८ बर्षीय किशोरलाई नक्कली डाक्टर बनी विरामी जाँचेको आरोपमा पक्राउ गरेको थियो ।

हाल धरौटीमा रिहा भइसकेका ती किशोर मेलाची लव –रोविन्सनलाई विना लाइसेन्स मेडिकल प्राक्टीस गरेको आरोप लागेको थियो । यद्धपी ती किशोरले अहिले आफूले मेडिकल डाक्टर नभएको र पीएचडी डाक्टर भएको बताएका छन् ।

अधिकारीहरुका अनुसार फ्लोरिडाको स्वास्थ्य विभाग र नार्कोटिक विभागले गरेको संयुक्त इजलासले उनलाई रंगेहात पक्राउ गरेको हो ।सिक्रेट अप्रेसनमा एक पुलिस अफिसर रोविरन्सको अफिसमा स्वास्थ्य समस्या लिएर गएका थिए । रोविन्स आफैले उनको स्वास्थ्य परीक्षण गरी औषधि दिई नियमित रुपमा आइरहन सुझाव दिएका थिए ।

ती युवकले काम गर्ने क्लिनिकका पार्टनर पर्सियस वेल्सलेले भने रोविन्सनले आफूलाई प्राकृतिक डाक्टर भनेको बताएका छन् । उनले आफूलाई डकुमेन्ट समेत बताई क्लिनिकल प्राक्टिसमा राम्रो फाईदा हुने बताएकै कारणले आफूले १० हजार डलर लगानी गरेको समेत अधिकारीहरुलाई जानकारी दिएका छन् ।

‘जब नक्कली बिरामी बनेका सेक्रेट अफिसरलाई  हुदै नभएको स्वास्थ्य समस्या भएको भन्दै नयाँ नयाँ टेस्ट तथा औषधि चढाउन थालियो तब हाम्रो शंका बास्तविकतामा परिणत भयो  र हामी उसलाई पक्राउ गर्न पुग्यौँ,’ अधिकारीहरु भन्छन् । करीव तीन हप्ते अनुसन्धानपछि  मंगलबार उनलाई पक्राउ गरेको हो ।

हत्कडीमा बाधिएका लव–रोविन्सले भने “म माथि लगाइएको आरोप प्रति म धेरै दुःखी छु । म वकिलको साहारा लिने छु र यो आरोप गलत हो भन्ने प्रमाणित गर्नेछु ।”

रोविन्सनको वेवसाइटबाट आफ्नो कार्यालयको प्रेसिडेन्ट सि इ ओ र फाउन्डर उम्री आफै भएको भनिएको छ । यसका साथै उनको नामको पछाडि पि.एच. डि. र एच.एच. पि.सी. थपिएको छ । जो घरेलु तथा व्यक्तिगत स्वास्थ्य विशेषज्ञलाई जनाउँछ ।

उनको पक्राउ पछि वन्द गरिएको उनको अफिसियल वेवसाइट हेल्थ ग्रेट्स डटकम का अनुसार उनले आफूले रोग परीक्षण र समस्या समाधानको लागि शारीरिक, मानसिक प्रक्रिया तथा हावा, पानी, प्रकाश, तातोपना, माटो आदिको प्रयोग गर्ने उल्लेख गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *