कान्तिपुरमा मिर्गौलाको नि:शुल्क परीक्षण सुरु

kdकाठमाडौँ –  बसुन्धरास्थित कान्तिपुर जनरल अस्पतालले आम सर्वसाधारणका लागि निशुल्क मिर्गौला परीक्षणको व्यवस्था मिलाएको छ । अस्पतालले ८ फागुन(आज) २२ फागुन र त्यसपछि हरेक महिनाको पहिलो शनिबार निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो ।

अस्पताल व्यवस्थापक ब्रम्हशंकर चौधरीका अनुसार हरेक सर्वसाधारणको पिसावबाट गरिने परीक्षण युरिनआरी र रगतबाट गरिने सिरम क्रियाटिनिङ चेक जाँच गरिनेछ् । त्यसबाहेक मिर्गौलारोग सम्वन्धी लक्षण, जोगिने उपायका बारेमा सर्वसाधारणलाई जानकारी समेत दिइने छ ।

परीक्षणका लागि बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. उपेन्द्र जोशीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली सहभागी हुँदैछ । विहान १० देखी १२ बजेसम्म गरिने भनिएको परीक्षण अवधीलाई आवश्यकता अनुसार समय थप गरिने समेत अस्पतालले जनाएको छ ।

अस्तपालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत आम सर्वसाधारणलाई सहयोग पुरयाउन निशुल्क मिर्गौला परीक्षण शुभारम्भ गरिएको बताए । उनले सर्वसाधारणको आवश्यकता अनुसार परीक्षणको अवधी बढाउने बताए ।

दन्त रोगको उपचारमा छुट्टै पहिचान बनाएको कान्तिपुरले केही बर्ष यता एक सय बेडको जनरल स्वास्थ्य सेवा समेत सुरु गरेको छ ।

पछिल्लो समय मिर्गौला फेल भएकाहरुको उपचारमा सहयोग पुरयाउन डायालासिस सेवा समेत सुरु गरेको छ । कान्तिपुरमा अहिले ४ वटा डायलासिस मेसिन सञ्चालनमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *