चारबर्षीया दिदीबहिनीको जोडिएको टाउको यसरी छुट्याइयो

1

एजेन्सी – टाउको जोडिएका सिरियाली चार बर्षीया जुम्ल्याहा दिदीबहिनीको अप्रेसन गरी टाउको छुट्याइएको छ । २२ जना डाक्टर र नर्सहरुको समूहले १० घण्टा लगाएर उनीहरुको अप्रेसन गरेका हुन् ।

साउदी अरवको रियादमा रहेको एक बाल अस्पतालमा टुका र याकिन अल रवदर नाम गरिएका ती बालबालिकाको अप्रेसन भएको थियो । जन्मौटे टाउको जोएिका उनीहरुको अप्रेसनका लागि करीब १२ घण्टा समय लाग्ने चिकित्सकले अनुमान गरेका थिए । तर अनुमान भन्दा कम समय अर्थात १० घण्टामै अप्रेसन सम्पन्न भएको टोली प्रमुख डा. अहमदअल फुरायन बताउँछन् ।

डा. अहमदका अनुसार ती दुई बालिकाको टाउकको जोडिएको थियो तर मस्तिष्क भने अलग थियो । ‘यसलाई हामी चिकित्सा भाषामा क्रेयानियोफेगस टुईन भन्छौं । हरेक २५ लाखमध्ये एकमा यो केस देखिन्छ’ उनले भने ।

बालिकाका बाबुले सन् २०१३ मै यो समस्याको हलको लागि साउदीका राजासंग गुहार मागेका थिए । त्यतिखेर जुम्ल्याहा दिदीबहिनी १६ महिनाका थिए । उनको गुहार त्यतिखेर सफल नभएपनि गत हप्ता साउदी सरकारले साकार गरिदिएको छ ।

डा. अहमदका अनुसार यस्तो खालको अप्रेसन सफलहुने संभावना ६० प्रतिशतले मात्रै हुन्छ । सन् १९९० देखि साउदी अरेबियामा यस्तो खालका करिव ३७ सर्जरीहरु गरिसकेको जनाएको छ । यस्तो केसहरु खासगरी सुडान, सिरिया, यमन, इजिप्ट फिलिपिन्स पोल्यान्ड, मोरोक्को, इराकआदि देशहरुबाट आउने गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *