पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप १६ फागुन देखी लगाईँदै

hpv-vaccineकाठमाडौँ – भविस्यमा लाग्नसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन बालिकाहरुलाई दिइने खोप ‘ह्युमन प्यामिलोमा भाइरस(एचपीभी)’अभियान आगामी १६ फागुन देखी चितवन र कास्कीमा सुरु हुने भएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार दुई जिल्लाका १० बर्ष उमेरका करीब १५ हजार बालिकालाई यो खोप दिइदै छ । यो उमेर समूहका बालिकाहरु कक्षा ६ मा अध्ययन गर्ने अनुमान गर्दै महाशाखाले स्कुलमै गएर उनीहरुलाई खोप लगाइदिने योजना बनाएको छ । स्कुल बाहिरका बालिकाहरुले भने स्थानीय स्वास्थ्य चौकी वा खोप केन्द्रमा गएर लगाउन सक्नेछन् ।

दुई जिल्लाका १० बर्ष उमेरका करीब १५ हजार बालिकालाई यो खोप दिइदै छ । यो उमेर समूहका बालिकाहरु कक्षा ६ मा अध्ययन गर्ने अनुमान गर्दै महाशाखाले स्कुलमै गएर उनीहरुलाई खोप लगाइदिने योजना बनाएको छ । स्कुल बाहिरका बालिकाहरुले भने स्थानीय स्वास्थ्य चौकी वा खोप केन्द्रमा गएर लगाउन सक्नेछन् ।

महाशाखा अन्तर्गत खोप शाखा प्रमुख मुकुन्दप्रसाद गौतमले एचपीभी खोप अभियानको पहिलो चरण आगामी १६ फागुन देखी एक साता सम्म चल्ने बताए । उनले दुबै जिल्लामा अर्को छ महिना पछि तिनै बालिकाहरुलाई दोस्रो डोज दिइने बताए । एचपीभी खोप ६-६ महिनामा दुई डोज दिनुपर्ने हुन्छ ।

महंगो खोपको सुचीमा पर्ने एचपीभी खोप द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले निशुल्क उपलव्ध गराएको हो । बेल्जियमको ग्लास्कोमिथेक्लिन बायोलोजिकल एसएबाट गत बुधबार १७ हजार ६ सय भाइल खोप आएपछि खोप अभियानले तिब्रता पाएको हो । स्वास्थ्य मन्त्रालयले पाइलटिङको रुपमा चितवन र कास्की जिल्ला छनौट गरेको थियो ।

नेपाली महिलाहरुको ज्यान लिने क्यान्सर रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बर मानिन्छ । हरेक बर्ष करीव ६ हजार महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेको अनुमान छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *