खिल्ली चुरोट बिक्रीमा सरकारले लगायो प्रतिवन्ध ! अटेरी गर्नेलाई १० हजार जरिमाना

Rajpatra

रामप्रसाद न्यौपाने / काठमाडौँ – सरकारले खिल्ली चुरोट विक्री वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ । यदि कसैले खिल्ली चुरोट बेचेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था समेत राखेको छ ।

सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने ) ऐन २०६८को दफा ११ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरि स्वास्थ्य मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सो ऐनको दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रुपमा चुरोट विडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्ने छ भनिएको छ ।

सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने ) ऐन २०६८को दफा ११ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरि स्वास्थ्य मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सो ऐनको दफा ११ को उपदफा ४ मा कसैले पनि फुटकर रुपमा चुरोट विडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी व्यवस्था गर्न सक्ने छ भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले सोही दफा टेकेर गरेको निर्णय गत ११ माघका दिन राजपत्रमा प्रकाशित भएको भइसकेको छ । यद्धपी मन्त्रालयका अधिकारीहरुले यो सूचना औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । उनीहरुले कामको व्यस्तताले सूचना सार्वजनिक गर्न नभ्याएको बताएका छन् । DSC00340

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले राजपत्रमा सूचना प्रकाशित भइसकेपछि खिल्ली चुरोट विक्री वितरण गर्नु गैह्रकानूनी भएको बताए । उनले गत ११ माघ देखी नै कानूनी रुपबाट नेपालमा खिल्ली चुरोट विक्री वितरण निषेध भएको बताए । उनले सुर्तीजन्य पदार्थको सेवनबाट बार्षिक १७ हजार बढीले ज्यान गुमाउने गरेकोले सेवनदरलाई नियन्त्रण गर्ने विभिन्न उपायमध्ये यो उपाय लागू भएको बताए ।

मन्त्रालयका कानून उपसचिव खिमानन्द भुसालले यदि कसैले अटेरी गरी खुल्ला रुपमा विक्री वितरण गरे दफा ११ अनुसार १० हजार रुपैयाँसम्म जरिमाना तिर्नुपर्ने बताए ।

सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ को नियम ७ ले उत्पादकलाई चुरोटको प्याकेट कम्तीमा बीस खिल्ली अटाउने गरी तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर अहिले पनि कतिपय ब्राण्डका प्याकेटहरु १० खिल्लीमै तयार गरिएका छन् । उपसचिव भुसालले १० खिल्लीको प्याकेट पनि अबैध हुने बताए ।

सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ को नियम ७ ले उत्पादकलाई चुरोटको प्याकेट कम्तीमा बीस खिल्ली अटाउने गरी तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर अहिले पनि कतिपय ब्राण्डका प्याकेटहरु १० खिल्लीमै तयार गरिएका छन् ।

सुर्तीजन्य पदार्थको प्रयोग विरुद्ध क्रियाशील संस्था एक्सन नेपालले सरकारको पछिल्लो कदमको स्वागत गर्दै कार्यान्वयनमा तत्परता देखाउन आग्रह गरेको छ । संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थको नीति बनाउनेमा नेपाल अगाडी रहेपनि कार्यान्वनयमा त्यस्तो नदेखिएको बताए । उनले सरकारले आफ्ना सबै संयन्त्र प्रयोग गरी कार्यन्वनयमा लाग्न जोड दिए । ‘अब नियमको कार्यान्वनयनका लागि अनुगमन गर्न जरुरी छ । त्यसका लागि सरकारसंग हामी पनि सहकार्य गर्न तयार छौँ ‘ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *