ग्रान्डी अस्पतालमा आकस्मिक उपचारसम्बन्धी पुनर्ताजगि तालिम

IMG_9119 (1)

काठमाडौँ – आकस्मिक उपचारलाई थप प्रभावकारी बनाउन ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना मेडिकल स्टाफलाई पुनर्ताजगी तालिम दिएको दिएको छ । धापासीस्थित अस्पतालमा भएको सो तालिममा आकस्मिक उपचार विभाग (इमरजेन्सी विभाग)मा कार्यरत डाक्टर तथा नर्सहरु सहभागी थिए ।

अस्पतालको अत्यन्त सम्वेदनशील मानिने आकस्मिक उपचार बिभाग (इमरजेन्सी बिभाग)मा कार्यरत मेडिकल स्टाफहरुलाई उपचारका पछिल्ला प्रबिधिहरुबारे जानकारी गराउन र उनीहरुको सीपमा निखार ल्याउन सो पुनर्ताजगी तालिम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको प्रि हस्पिटल केयर सर्भिसेजका कोअर्डिनेटर डा. संजय कार्कीले आकस्मिक उपचारका क्षेत्रमा विश्वस्तरमा भएका बिभिन्न अध्ययन र उपलव्धिहरुबारे जानकारी सहित तालिम दिएका थिए ।

त्यसैगरी ग्रान्डी अस्पतालको इमरजेन्सी बिभागका प्रमुख डा. अजय सिंह थापाले ‘इमरजेन्सी बेसिक लाइफ सपोर्ट’ तथा ‘एडभान्स लाइफ सपोर्ट र क्राइसिस म्यानेजमेन्ट’ बारे ‘ह्यान्डस अन’ प्रशिक्षण दिएका थिए ।

त्यसो त अस्पतालले यसअघि पनि आफ्ना मेडिकल स्टाफलाई  चिकित्सा शिक्षा कार्यक्रम, सिएमई र बिभिन्न बिषयमा पुनर्ताजगि तालिमहरु  दिँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *