प्रा.डा. भगवान कोइरालाललाई असल शासन पुरस्कार

k|f=8f=sf]O/fnf–;Ddfg c;n zf;g kmfp08]zgn] lrlsT;f If]qdf c;n zf;g sfod u/]sf] eGb} laxLaf/ k|f=8f=eujfg sf]O/fnfnfO{ ;Ddfg ub}{ k|wfgGofofwLz sNof0f >]i7 . tl:a/ M cRo't /]UdL, /f;;

काठमाडौँ – असलशासन फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा. भगवान कोइरालालाई यसबर्षको असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरेको छ ।

चिकित्सा क्षेत्रमा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणय काम गरेको भन्दै फाउण्डेसनले प्रा.डा. कोइरालालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी ११ हजार १११ रुपैयाँ छ ।

विहीबार राजधानीमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश कल्याण श्रेष्ठले प्रा.डा. कोइरालालाई पुरस्कार तथा रनिङशिल्ड प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले नकारात्मक विचार त्यागेर सकारात्मक पक्षलाई अवलम्बन गरेमात्र व्यक्ति सफल हुने बताए । उनले सबैको भलाइ र सम्मान हुने काम गरेमात्र असल शासन निर्माण हुने विचार व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *