सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमका लागि कान्तिपुरको टोली स्याङ्जातिर

kantipur-dental

काठमाडौँ – सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमका लागि कान्तिपुर डेन्टल कलेजले ५० जना विद्यार्थीसहित ६० जनाको टोलीलाई स्याङ्जा पठाएको छ । सो टोलीले जिल्लाको चापाकोट नगरपालिकाका विभिन्न वडाका पुगी स्थानीयसंग स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनेछ।

कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार दन्त चिकित्साशास्त्रका स्नातक तह दोस्रोबर्षमा अध्यय्नरत विद्यार्थीहरुलाई जिल्लामा पठाइएको हो । उनीहरुले त्यहाँ पुगेर सामाजिक, आर्थिक, शैक्षिक, भौगोलिक, स्वास्थ्य अवस्थाको अध्ययन गर्नेछन् ।

ब्रामण क्षेत्री, मगर, नेवार, कुमाल, दलित, माझि, ठकुरी लगायतका जातजातीको बसोबास रहेको सो ठाँउमा मुख स्वास्थ्यका बारेमा चेतना कत्तिको रहेछ भनेर अध्ययन समेत गर्नेछन् । टोलीमा विद्यार्थी शिक्षक तथा चिकित्सकहरुको समेत सहभागिता छ ।

कार्यक्रम संयोजक एवं कलेजका जनस्वास्थ्य अधिकृत श्रद्धा अधिकारीले विद्यार्थीहरुलाई सामाजिक भौगोलिक, शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा जानकारी दिने उद्देश्यले भ्रमण गराउन लागिएको बताइन् ।

करिब एक साता गाँउमा रहने सो टोलीले ७ वटा सामुदायिक विद्यालयमा दन्त स्वास्थ्य प्रशिक्षण र बुद्ध सामुदायिक बोर्डिङ स्कुलमा दन्त सिविर समेत आयोजना गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *