नरहरिको स्वास्थ्य अवस्था : चेतनास्तरमा केही सुधार

narahari_acharya_2.17काठमाडौँ – बासबारीस्थित न्यूरो अस्पतालमा उपचाररत कांग्रेस नेता नरहरि आचार्यको चेतनास्तरमा केही सुधार देखिएको छ । अस्पतालले बुधबार अपरान्ह जारी गरेको विज्ञप्तीमा अघिल्लो दिनको तुलनामा चेतनास्तरमा सुधार भएको उल्लेख गरेको छ ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको खबर प्राप्त गर्नासाथ मंगलबार विहानै कोइराला निवासमा पुगेका आचार्य विहान सवा ५ बजे त्यहि ढलेका थिए । सुरुमा हृदयघातको आशंकामा गंगालाल हस्पिटल पुरयाइए पनि पछि न्यूरो हस्पिटलमा लगिएको थियो ।

न्यूरो अस्पतालका चिकित्सकहरुले उनलाई मस्तिष्कघात भएको बताएका छन् । उनको बाँया भागको मस्तिष्कमा हेमरेज भएको बताइएको छ । बुधबारको विज्ञप्तीमा शरीरको दाँया तर्फको भाग अझै चल्ने अवस्थामा नरहेको तर चेतनास्तरमा सुधार आएको बताएको हो ।

शरीरको दाया तर्फको भाग अझै चलाउन नसक्ने अवस्थामा रहेको तर उनको चेतना स्तरमा भने सुधार आएको जनाएको छ । अस्पतालले पछिल्लो अस्पतालले २४ घण्टाको रगत र रक्तचापको अवस्था सामान्य रहेको समेत जनाएको छ ।

बाँया मस्तिष्कको नसा फुटेर बगेको रगतको थेग्ला समेत अहिलेसम्म नबढेको अस्पतालले दावी गरेको छ । यसअघि नै डा. उपेन्द्र देवकोटाले थेग्ला फैलिएको खण्डमा खतरा हुने बताउदै त्यसो भएको खण्डमा तत्काल अप्रेसन गर्नुपर्ने बताएका थिए ।

थेग्लाकै कारण उनको दाँया भाग प्यारालाइसिस भएको छ भने बोल्न समेत सकेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *