कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘एचए’ परीक्षा : बाहिरिएको प्रश्नको अंक बराबर दिने निर्णय खारेज

karnali

काठमाडौँ – परीक्षा रद्ध भएसंगै बाहिरिएको प्रश्नको अंक सबै परीक्षार्थीलाई बराबर दिने जुम्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको निर्णय खारेजीमा परेको छ । तर स्थगित परीक्षाको अझै टुंगो लागेको छैन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत १९ मंसिरमा लिएको प्रमाणपत्र तह सामान्य चिकित्सक (एचए) जनरल मेडिसिन विषयको ६ वटा प्रश्न परीक्षा भन्दा केही अघि नै सार्वजनिक भएको ‘क्वेसन बैक’संग हुवहु मिलेको थियो ।

परीक्षार्थीले परीक्षा अवागै प्रश्न बाहिरिएको भन्दै हल्ला भएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु सहित बसेको आकस्मिक बैठकले बाहिरिएको प्रश्नको सबै विद्यार्थीलाई बराबर अंक दिने निर्णय गरेको थियो ।

परीक्षार्थीले परीक्षा अवागै प्रश्न बाहिरिएको भन्दै हल्ला भएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु सहित बसेको आकस्मिक बैठकले बाहिरिएको प्रश्नको सबै विद्यार्थीलाई बराबर अंक दिने निर्णय गरेको थियो ।

तर विद्यार्थी तथा अभिभावकबाट चर्को विरोध भएपछि प्रतिष्ठानले ३ पुसमा सिनेट सदस्य पार्वती विकको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको थियो ।

सो समितिले ९ पुसमा प्रतिवेदन बुझाउदै बराबर अंक बाढ्ने प्रमुख जिल्ला अधिकारी सहितको बैठकले गरेको निर्णय त्रुटि पूर्ण भन्दै खारेज गर्न प्रतिष्ठानलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा सबै प्रश्नहरुको संगालो बाहिरिएकोले परीक्षा समेत रद्ध गर्न सिफारिस गरेको थियो । सोही निर्देशनको आधारमा त्यतिबेलाको परीक्षा रद्ध भएको छ । तर सो रद्ध परीक्षा कहिले हुने भन्नेमा अझै टूंगो लागेको छैन् ।

छानवीन समितिले प्रश्नपत्र बाहिरिनुमा रजिष्टार प्राडा धर्मराज श्रेष्ठको दोश देखिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । तर त्यसको पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन । प्रतिवेदनमा भनिएको छ ‘क्वेसन बैक’ पनि धर्मराज श्रेष्ठले नै तयार पारेको र परीक्षाको अन्तिम प्रश्न समेत उनैले सेट गरेको हो ।

छानवीन समितिका संयोजक विकले छानवीनको प्रतिवेदन एक सातामै बुझाएपनि त्यसको कार्यान्वनय हुन नसकेको बताइन । उनले प्रतिवेदन कार्यन्वनय नहुँदा प्रतिष्ठान र त्यस अन्तर्गतका कलेजमा अध्ययनरत तीन सय बढी विद्यार्थीको भविष्य समेत अन्योलमा भएको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *