स्वास्थ्यमा सरुवा : रघुराम गए, बस्नेत र कोइराला आए

mohp

काठमाडौँ – स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका सहसचिव रघुराम बिष्ट सरुवा भएका छन् । उनी स्वास्थ्यबाट सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले २२ जना सहसचिवको सरुवा तथा पदस्थापन गर्नेक्रममा बिष्टको सरुवा भएको हो । उता सोही समूहमा सरुवा भएर स्वास्थ्यमा सहसचिव दानध्वज बस्नेत र प्रदीप कुमार कोइराला आइपुगेका छन् । उनीहरु जेष्ठताका आधारमा भर्खरै बढुवा भएका सहसचिव हुन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अहिले सहसचिव तहको रिक्त दरवन्दी एउटा मात्रै छ । तर सामान्यले दुई जना सहसचिवलाई स्वास्थ्यमा पठाएको छ । ‘अहिले रुघुराम विष्ट सरको ठाँउ मात्रै खाली हो तर सामान्यले दुई जना पठाएको छ । अब कहाँ व्यवस्थापन गर्छ हेर्न बाँकि छ,’ नेपाली हेल्थलाई एक उच्च अधिकारीले बताए ।

यसअघि स्वास्थ्यसंग जोडिएको जनसंख्या मन्त्रालयमा यसैपटक फुटेर बाताबरणमा जोडिन गएपछि मन्त्रालयको सहसचिवको दरवन्दी समेत कटौति भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *