अनसन रोक्न पहल गरिदिनुस् भन्दै डीन कार्यालयले यस्तो पत्र पठाएको थियो प्रधानमन्त्रीलाई ( पत्र सहित )

pm

रामप्रसाद न्यौपाने / काठमाडौँ-त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले प्राडा गोविन्द केसीले उठाएका माग सम्वोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष आग्रह गरेको छ ।

निमित्त डीन प्राडा विमलकुमार सिन्हाले हस्ताक्षर गरेको पत्रमा डा. केसीसंगै अर्का डाक्टर उमाकान्त भट्टराईले पनि अनसन बस्ने बताएको भन्दै यसले अस्पताल तथा क्याम्पसमा द्धन्द सिर्जना हुने उल्लेख छ ।

डीन कार्यालयले गत १९ माघमा पठाएको पत्रमा दुबै अनसन रोक्नका लागि विशेष पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । पत्रमा भनिएको छ डा. गोविन्द केसी र डा. उमाकान्त भट्टराईबाट एउटै प्रांगणमा गर्ने भनिएको आमरण अनसनबाट उत्पन्न हुनसक्ने सम्भावित द्धन्दका कारण स्वास्थ्य संस्थाहरुको भौतिक तथा जनधनको क्षति हुनसक्ने र अस्पतालका नियमित उपचार सेवा तथा पठनपाठनमा समेत अवरोध हुने उल्लेख गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार र उपत्यका भित्रका सार्वजनिक अस्पतालका प्रमुखहरुको संयुक्त बैठकको निर्णय भनिएको सो पत्रमा दुबैपक्षबाट गरिने अनसनले निम्तने द्धन्द्धका कारण स्वास्थ्य जस्तो अति संवेदनशील सेवाबाट नागरिक बन्चित हुनसक्ने सम्भावना रहेको समेत उल्लेख गरिएको छ ।

अनसन बस्न नपाउने गरी डा. उमाकान्तलाई पनि पत्र

उता डा गोविन्द केसीलाई चुनौति दिने उदेश्यले अनसन बस्ने घोषणा गरेका डा उमाकान्त भट्टराईलाई त्रिवि शिक्षण अस्पतालमा अनसन नराखिदिन डीन कार्यालयले आग्रह गरको छ ।

२२ माघमा पठाइएको पत्रमा भनिएको छ दुबै पक्षलाई अनसनको कार्यक्रम नराख्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय बमोजिम डा केसीलाई पनि पुन पत्राचार गरिएको र तपाईँलाई पनि सोही अनुरोध गरिएको छ । चिठिमा थप भनिएको छ, ‘हाम्रो अनुरोधलाई वेवास्ता गरी तपाईँहरु अनसन बसेमा त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति प्रति स्वयं नै जिम्मेबार हुनुपर्ने छ ।’

चिठीमा आइओएमका निमित्त डीन प्राडा शरदराज वन्त, महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख प्राडा जीवन कुमार श्रेष्ठ, त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दीपक महरा, विपी कोइराला नेत्र अध्ययन प्रतिष्ठानका निर्देशक प्राडा डीएन साह, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

डा. केसीलाई शिक्षण अस्पतालका निर्देशक महराको पत्र
गत ११ माघ देखी बस्न लागेको अनसन नबसिदिन भन्दै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले डा. केसीलाई १० माघमा पत्र पठाएका थिए । तर डा. केसीले त्यतिवेला दुई साता सम्मका लागि अनसन स्थगित गरेका थिए ।

त्यस यताको दुई साता आज सोमबार टुंगिदैछ । अर्का डाक्टर उमाकान्तलाई २२ माघमा पठाएको पत्रमा डा. केसीलाई पनि अनसन नबस्न आग्रह गरिएको उल्लेख छ ।

letter for PM copy

letter for dr umakant copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *