दिनभरमा प्रतिष्ठान विधेयक फिर्ता नभए बेलुकाबाट अनसन : डा केसी

dr gobind kc
प्रा.डा.गोविन्द केसी

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका बरिष्ट चिकित्सक प्रा.डा. गोविन्द केसीले मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठान बनाउन भन्दै संसदमा पुगेको प्रतिष्ठान विधेयक फिर्ता हुनुपर्ने दोहोरयाएका छन् ।

उनले सोमबार दिनभरमा विधेयक फिर्ता नभए बेलुका ५ बजेबाट पूर्वघोशित अनसन सुरु हुनसक्ने बताएका छन् । यद्धपी दिनभर हुने छलफल र सल्लाहबाट मात्रै अनसनको अन्तिम टूंगो लाग्ने स्पष्ट पारेका छन् ।

सोमबार विहान नेपाली हेल्थसंग कुरा गर्दै डा. केसीले आफ्ना मागका बारेमा सरकारी अधिकारीहरुसंग छलफल नभएको बताए । उनले सरकारलाई पटक पटक समय दिइसकेकाले अबको पुन समय दिन नसकिने बताए ।

डा. केसीले ट्रष्टमा लैजान वा सरकारलाई किन्ने प्रक्रिया बढाउन मनमोहनका सञ्चालकहरुले गरेको निर्णयमा आफू कन्भिन्स नभएको भन्दै सो प्रक्रियालाई खुराफाथी चाल को संज्ञा दिए । ‘यस्ता आश्वासनहरुबाट म कन्भिन्स हुँदिन, ट्रष्ट भन्ने कुरा पनि खुराफाथी चाल हो’ नेपालीहेल्थसंग उनले भने, ‘अहिलेको एक मात्रै अजेण्डा संसदमा पुगेको प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने भन्ने नै हो ।’

डा. केसीले यसअघि दुईपटक दुई- दुई साताका दरले अनसनको समय सारिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *