‘सुर्ती उत्पादन छाडी बिकल्पमा जाने किसानलाई राज्यले सहयोग गर्छ’

 राज्यमन्त्री मेघराज नेपाली
राज्यमन्त्री मेघराज नेपाली

नेपाली हेल्थ/काठमाडौँ- उद्योग राज्यमन्त्री मेघराज नेपाली (निसाद) ले धूमपान तथा सूर्तीजन्य पदार्थको उपभोगले क्यान्सर रोगको जोखिम बढेको भन्दै त्यस्ता उत्पादनलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।

उनले सूर्ती उत्पादन गर्दै आएका किसानलाई सो उत्पादन छाडी बैकल्पिक उत्पादनका लागे सरकारले प्रोत्साहन गर्ने समेत दावी गरेका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर सोसाइटी नेपालले विहीबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री निसादले सुर्तीउत्पादक किसानलाई बैकल्पिक उत्पादनका लागि सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता गरेका थिए ।

चेतनाको अभावमा ग्रामिण क्षेत्रमा र जीवनशैलीमा आएको परिवर्तनले शहरी क्षेत्रमा रोगीको संख्या दिनानुदिन बढेको भन्दै जनचेनता जगाउन अहिलेको प्रमुख आवश्यकता भएको बताए ।

सोसाइटीका अध्यक्ष रामनाथ मैनालीले रोगको पहिलो चरणमा मानिसलाई त्यति थाहा नहुने हुँदा समय समयमा उपचार तथा परीक्षण गर्नुपर्ने बताउँदै आहारविहारलगायतमा सन्तुलन कायम गरी मोटोपना घटाउन आवश्यक रहेको बताए ।

सोसाइटीले क्यान्सर बारे जनचेतना फैलाउने उद्धेश्यले तीनकुनेबाट पदयात्रा सुरु गरी माइतीघरमा आई कोणसभाको आयोजना गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *