हरेक बर्ष साढे १४ हजार नेपालीको मृत्यु क्यान्सरबाट

world-cancer-day-2016

नेपाली हेल्थ / काठमाडौँ – विश्वभर बर्षेनी करीब ८२ लाख मानिसले क्यान्सर रोगका कारण ज्यान गुमाउछन् । ग्लोबोक्यान २०१२ को तथ्याङ्क अनुसार विश्वभर प्रत्येकवर्ष १ करोड ४१ लाख मानिसहरुमा क्यान्सर पत्ता लाग्ने गरेको पाइन्छ ।

ग्लोबोक्यानकै रिपोर्ट अनुसार विकासोन्मुख देशहरुमा वर्षेनी ८० लाख क्यान्सरको नयाँ बिरामीहरु पत्ता लाग्छन् भने ५३ लाखले क्यान्सरका कारण ज्यान गुमाई राखेका हुन्छन् ।

उता विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपालमा बर्षेनी करीब १४ हजार ३ सय जना मानिसको ज्यान जाने गरेको बताएको छ । सन २०१४ को तथ्यांक प्रस्तुत गर्दै डव्लुएचओले प्रत्येक वर्ष नेपालमा १० हजार ६३४ जना मानिसहरुमा क्यान्सर पत्ता लाग्ने गरेको जनाएको छ । खानपान जीनवशैली परिवर्तन गर्नाले तथा चाँडै थाह पाउनाले करीब ५० प्रतिशत रोग नियन्त्रणमा ल्याउन सकिने डव्लुएचओले जनाएको छ ।

त्यस्तै डव्लुएचओले संसारभर सबै खाले क्यान्सररोगबाट हुने मृत्युमध्ये २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको र फोक्सोको क्यान्सरबाट हुने मृत्युको ७१ प्रतिशत कारण पनि सुर्तीजन्य पदार्थ भएको बताएको छ । यी बाहेक हेपाटाइटिस बी, सी भाइरस, हेलिकोव्याक्टर पाइरोली, ह्युमन पापीलोमा भाइरस, बाताबरणमा पाइने कार्सिनोजिन, बदलिदो जीवनशैली भएको बताइएको छ ।

हरेकबर्ष ४ फेब्रुअरीमा मनाइने विश्व क्यान्सर दिवसको २०१६ देखी २०१८ सम्मको नारा ‘हामी सक्छौँ, म सक्छु’ भन्ने तय गरिएको छ । यो नाराले विश्वभर क्यान्सरको बोझलाई कम गर्न सामूहिक एंव व्यक्तिगत तर्फबाट महत्वपूर्ण भूमिका रहेको तथ्यलाई प्रकाश पार्न खोजेको हो ।

यसैबीच विश्वक्यान्सर दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिले दिवसकै अवसर पारी फेबु्रअरी महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा मनाउने घोषणा गरिसकेको छ ।

त्यस्तै भक्तपुर क्यान्सर हस्पिटल, नेशनल क्यान्सर हस्पिटल जाउलाखेल, भरतपुर क्यान्सर अस्पताल चितवन लगायतले जनचेतनामुलक कार्यक्रम तथा क्यान्सर परीक्षण शिबिरहरुको आयोजना गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *