स्वास्थ्य मन्त्रीको आश्वासन पछि नर्सिङ संघ नरम

nursing assotionनेपाली हेल्थ / काठमाडौँ – आफूहरुले उठाएका २० वटा माग पुरा नभए कडा आन्दोलन गर्ने घोषणा गरेको नेपाल नर्सिङ संघ बुधबार स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई भेटेपछि नरम देखिएको छ । उसले आन्दोलन गर्ने योजना तत्कालका लागि स्थगित गरेको समेत जानकारी दिएको छ ।

मन्त्री चौधरीले बुधबार आफूसंग बार्ता गर्न आएका नर्सिङ संघका प्रतिनिधीलाई पनि भर्खरै गठित स्वास्थ्य नीति परिमार्जन समितिमा राख्ने आश्वासन दिएका थिए । त्यसबाहेक टिकापुर अस्पतालको केशको छानबीन गर्ने, नर्स विरामी अनुपात मिलाउने, स्वयंसेवी रुपमा राखिएका नर्सको बारेमा श्रम मन्त्रालयसंग समेत छलफल गरि अघि बढने लगायतका मौखिक आश्वासन दिएका थिए । सोही आश्वासन पछि नर्सिङ टोली सकारात्मक देखिएको हो ।

‘बुधबारको बार्ता सकारात्मक भएको छ । मन्त्रालयले स्वास्थ्य नीति परिबर्तन गर्न समिति बनाएको रहेछ त्यहाँ नर्सिङसंघको प्रतिनिधि थिएन । अब हुने भयो । टिकापुर अस्पतालको कुरामा पनि सत्यतथ्य कुरा बुझ्ने सहमति भयो, बाँकि मागका विषयमा पनि विस्तारै निर्णय लिने भन्नु भएको छ । दुईचार दिन हामी पनि हेर्छौँ,’ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन् ।

संघले यसअघि १८ माघमा आन्दोलन गर्ने वा नगर्ने विषयमा टुंगो लाग्ने बताएको थियो । तर मन्त्री नआएको भन्दै पूर्व निर्धारित बार्ता १९ माघमा सारिएको थियो । १९ माघमा समेत मन्त्रीले भेटने समय नदिएपछि बुधबार २० माघमा पुगेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *