मन्त्री भेटन् गएको नर्सिङ संघको टोली सचिव भेटेर फर्कियो

nursing assotionनेपाली हेल्थ / काठमाडौँ – आफ्ना बीस बुँदे मागका बारेमा स्वास्थ्य मन्त्री रामजनम चौधरीसंग छलफल गर्न मंगलबार स्वास्थ्य मन्त्रालय पुगेको नर्सिङ संघको टोलीले स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई भेटेर फर्केको छ । मन्त्री चौधरीले बुधबार ३ बजेका लागि समय दिएका छन् ।

आफूहरुले उठाएका माग पुरा नभए देशव्यापी आन्दोलनमा उत्रने घोषणा गरेको संघले स्वास्थ्य मन्त्रीसंगको छलफल पछि मात्रै निर्णय लिने बताएको छ । सोमबार मात्रै विदेशबाट फर्केका स्वास्थ्य मन्त्री चौधरीले मंगलबार आफू थाकेको भन्दै नर्सिङ संघका पदाधिकारीलाई बुधबार भेटने बताएका थिए ।

उसले आफ्ना मागका विषयमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । त्यस्तै शिक्षा र श्रम मन्त्रालयको पनि ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले स्वास्थ्य मन्त्रीले बुधबार समय दिएकोले छलफल पछि आन्दोलनमा जाने वा नजाने टुंगो हुने बताइन । उनले सचिवसंगको छलफल भने सकारात्मक रुपमा अघि बढेको बताइन । ‘आज सचिव ज्युसंग कुराकानी भयो, उहाँका कुरा सकारात्मक नै देखियो । अब भोली मन्त्री ज्यूसंग कुरा गर्ने छौँ’ नेपाली हेल्थसंग पोखरेलले भनिन् ।

मन्त्रीसंग छलफल गर्न भन्द मंगलबार २५ जना भन्दा बढीको नर्सिङ टोली मंगलबार मन्त्रालय पुगेको थियो । सरकार स्तरको तलव सुविधा, विरामी नर्स अनुपात तथा नेतृत्व तहमा समेत नर्सहरु राख्नुपर्ने लगायतका २० बुँदे माग अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *