२० बुँदे माग पुरा नभए नर्सिङ संघ देशव्यापी आन्दोलनमा जाने (माग सहित)

nursing assotionनेपाली हेल्थ /काठमाडौँ – माग पुरा नभए देशव्यापी आन्दोलन गर्ने भन्दै नेपाल नर्सिङ संघले आफ्ना २० वुधे माग सार्वजनिक गरेको छ । मंगलबार (आज)स्वास्थ्य मन्त्री रामजनम चौधरीसंग पेश गरिने ती मागका विषयमा सरकारले देखाउने व्यवहार अनुसार आन्दोलनमा जाने वा नजाने टुंगो लाग्ने संघले जानकारी दिएको छ ।

यसअघि नर्सिङ संघलाई स्वास्थ्य मन्त्री चौधरीले सोमबार नै भेट्ने भनेका थिए । तर जेनेभाबाट फर्कन ढिला भएपछि भेटघाटको समय एक दिन ढिला भएको हो ।

संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले नर्सहरुले विगत देखिनै उठाउदै आएका विभिन्न पेशागत मागहरुलाई २० वुदामा समेटिएको बताइन ।उनले उठाइएको मागमा सरकारले देखाउने रेस्पोन्सको आधारमा आन्दोलन गर्ने वा नगर्ने टुंगो लाग्ने बताइन । 

संघले निशुल्क अध्ययन, सरकारी मापदण्ड अनुसारको पारिश्रमिक , नेतृत्व तहमा नर्सको प्रतिनिधि लगायतका मागहरु अघि सारेको छ ।

 यी हुन् नर्सिङ संघले उठाएका २० बुँदे माग :

१. अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्ने ।
२. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनको लागि नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात  सवै अस्पतालहरुमा यथाशिघ्र लागु गर्नु पर्ने ।
३.विभिन्न निजी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई नेपाल सरकारले उपलब्ध गराइरहेको न्युनतम तलव भत्ता तहगत हिसाववाट दिनु पर्ने ।
४. स्वयंसेवा( भोलेन्टिएर) को नाममा भइरहेको श्रम शोषण बन्द गरिनु पर्ने ।
५.योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफनर्सहरुलाई मास्टरनर्सिङ र माष्टरनर्सिङलाई पीएचडीसम्मको तलवी अध्ययनविदा दिइनु पर्ने ।
६.माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार एमडी /एमएसमा जस्तै एमएन /एमएस्सी नर्सिङ पढ्ने नर्सहरुलाई निशुल्क अध्ययनको मौका दिइनु पर्ने ।
७.लोकसेवा आयोगले लिने परिक्षामा जुन तहको परीक्षा हो त्यसलाई ध्यान राखेर प्रश्नपत्र निर्माण गरिनुपर्ने र त्यही तहकोलाई प्राथमिकता दिइनुपर्ने ।
८. स्वास्थ्य मन्त्रालय अन्र्तर्गत महाशाखा प्रमुखहरु र स्वास्थ्य सेवा विभागका प्रमुखहरुमा कम्तिमा ३३ प्रतिशत सिट नर्सहरुको लागि सुरक्षित गरिनु पर्ने ।
९.टिकापुर अस्पताल कैलालीमा कार्यरत ४ जना अनमीहरुलाई ८ वर्षसम्म न्युन पारिश्रमिकमा काम लगाई नेपाल सरकारले दिने तलव भत्ता माग गर्दा निस्काशन गरिएकोमा नर्सिङ संघ आपत्ति प्रकट गर्दछ । साथै उनीहरुलाई नेपाल सरकारको अनमीको तलवभत्ता ( निष्कासन गरेको समयको समेत) उपलब्ध गराई ससम्मान पुनर्वहाली गरिनु पर्ने ।
१०. नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)मा नर्सहरुको सिट सुरक्षित हुनु पर्ने ।
११.जनतालाई स्तरीय नर्सिङ सेवा दिन स्कुल, कलेज, उद्योगधन्दा आदिमा नर्सिङ दरवन्दीको लागि पहल गरिनु पर्ने ।
१२. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको व्यवस्था गरिनु पर्ने
१३.तालिम गोष्ठी आदिमा दुर्गममा कार्यरत नर्सहरुलाई प्राथमिकतामा राखिनु पर्ने ।
१४.क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पनि उच्च शिक्षा र अनुभव भएका नर्सहरुलाई निर्देशक बनाइनु पर्ने ।
१५. इनसर्भिस एजुकेशनलाई रेगुलर रुपमा लागु गर्नु पर्ने ।
१६. नेपाल सरकारले दिइरहेको आइओएमको उच्च अध्ययन कोटा (नर्सिङको) बढाउदै लानु पर्ने ।
१७. राजदुत लगायत संवैधानिक अंगहरुमा नर्सहरुको प्रतिनिधित्व हुनु पर्ने ।
१८.विभिन्न प्रलोभन देखाई चाइना, र्वैङलोर र मैङलौरका कमसल कलेजहरुमा नर्सिङ लगायत अन्य स्वास्थ्य शिक्षा पढ्न पठाउने शैक्षिक माफियाहरुलाई तुरुन्त कारवाही गरिनु पर्ने ।
१९. प्राथमिक स्वास्थ्य केन्द्र लगायत स्वास्थ्य चौकीमा वरिष्ठताका आधारमा नर्सलाई पनि प्रमुख बनाइनुपर्ने ।
२०. हाम्रा नर्सहरु प्राध्यापक, सचिव र विशिष्ट श्रेणीमा पुगेर अवकाश पाएका पनि छन अरु पेशाका जनशक्ति अवकाश पश्चात पनि नेपाल सरकारका विभिन्न आयोग, समिति आदिमा समेटिएका छन भने नर्सिङ पेशाकर्मीहरुलाई पनि सो अवसर प्रदान गरिनु पर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *