त्रिविका छ जना नर्सिङ शिक्षक प्राध्यापकमा बढुवा

TU_logo_nepalनेपाली हेल्थ / काठमाडौँ – त्रिभुवन विश्वविद्यायले छ जना नर्सिङ शिक्षकलाई प्राध्यापकमा बढुवा गरेको छ ।त्यसरी प्राध्यापकमा बढुवा हुने शिक्षकहरुमा नर्सिङ क्याम्पस महाराजगञ्जका पूर्व क्याम्पस प्रमुख तथा नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, नर्सिङ क्याम्पस महाराजगञ्जका क्याम्पस प्रमुख नीरा पाण्डे र सहायक क्याम्पस प्रमुख सुलोचना श्रेष्ठ छन् ।

नर्सिङ क्याम्पस महाराजगञ्जका पूर्व क्याम्पस प्रमुख तथा नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल, नर्सिङ क्याम्पस महाराजगञ्जका क्याम्पस प्रमुख नीरा पाण्डे र सहायक क्याम्पस प्रमुख सुलोचना श्रेष्ठ छन् । त्यस्तै नर्सिङ क्याम्पस महाराजगञ्ज कम्युनिटी हेल्थ डिभिजन चीफ मनकुमारी राई, नर्सिङ क्याम्पस महाराजगञ्जकै चाइल्डहेल्थ डिभिजन चीफ जानकी राई र नर्सिङ क्याम्पस पोखराकी पूर्व क्याम्पस प्रमुख भगवती केसी छन् ।

त्यस्तै नर्सिङ क्याम्पस महाराजगञ्ज कम्युनिटी हेल्थ डिभिजन चीफ मनकुमारी राई, नर्सिङ क्याम्पस महाराजगञ्जकै चाइल्डहेल्थ डिभिजन चीफ जानकी राई र नर्सिङ क्याम्पस पोखराकी पूर्व क्याम्पस प्रमुख भगवती केसी छन् ।

विद्यार्थी अनुपातको आधारमा निकै कम प्राध्यापक भएको त्रिविले ६ जना शिक्षकलाई एकैपटक प्राध्यापकमा बढुवा गरेको पहिलो पल्ट हो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले प्राध्यापक चाहिएको र आफूसंग प्राध्यापकको लागि ९ जना योग्यता पुगेका शिक्षकहरु रहेको सिफारिस गतवर्ष नै त्रिविलाई पठाएको थियो ।

सोही अनुसार त्रिविको फयाकल्टीबोर्डले छलफल गरी ६ जनाका लागि दरवन्दी खुलाउन सेवा आयोगलाई जानकारी स्वीकृति दिएको थियो । सोही अनुसार ९ जना मध्ये ६ जना छनौट भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *