‘फ्ल्यास’सहित फोटो खिच्दा पत्ता लाग्यो आँखाको क्यान्सर

flash

अरिजोना, युएसए – फ्ल्यास सहित क्यामेराले फोटो खिच्दा एक चार महिने बच्चाको आँखाको क्यान्सर पत्ता लागेको छ । समयमै पत्ता लागेकै कारण निको हुने सम्भावना ९९ प्रतिशत रहेको उपचारमा सहभागी चिकित्सकहरु बताउछन् ।

स्कटस्डेल ओरिजोनामा चार महिने बच्चा राइडर टेमारान्ट्जका आमा एन्ड्रियाले गत डिसेम्वर देखी आफ्नो छोराको फोटो खिचेकी थिइन । कल्कलाउदो छोराको राम्रो फोटो निकाल्न जतिपटक फ्ल्यास बालेर फोटो खिच्थिन उति पटक असफल हुन्थिन् । किनकी उनको छोराको देब्रे आँखामा सधै सेतो चमक देखिन्थ्यो र फोटो नराम्रो हुन्थ्यो ।

आफ्नो क्यामेराले खिचेका हरेक फोटामा देब्रे आँखामा चमक देखिएपछि उनले नेकोनको डिएसएलआर क्यामरा मगाइन र फोटो खिचिन तर नतिजा त्यस क्यामेराबाट पनि फरक देखिएन । देब्रे आँखामा मात्रै सेतो चमक देखिएपछि उनलाई शंका लाग्यो र तत्काल चिकित्सककोमा परीक्षणका लागि दौडाइन् ।

जव चिकित्सकले राइडर टेमारान्ट्जको परीक्षण गरे उनलाई आँखामा देखिने क्यान्सर ‘रेटिनो ब्लास्टोमा’ भएको पत्ता लाग्यो ।चिकित्सकहरुले देब्रे आँखामा भएको ट्युमरले फ्ल्यासको प्रकाश परावर्तन गर्दा फोटोमा सेतो चमक देखिन गएको बताए ।

चार महिने छोरामा गम्भीर रोगको संक्रमण भएको पत्ता लागेपछि एन्ड्रिया र उनका श्रीमानले लामो अनलाईन रिसर्च सुरु गरे । र निधो गरे उपचारका लागि छोरालाई मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टर न्युयोर्कमा लैजाने, जहाँ रेटिनो व्लास्टोमाका विशेषज्ञहरु थिए ।

बच्चाको केश हेरिसकेपछि स्लोन केटरिङ्ग क्यान्सर हस्पिटलका प्रमुख आँखा क्यान्सर रोग विशेषज्ञ डा डेभिड एम अब्राहंसनले ट्युमर राइडरको देब्रे आँखाबाट अरु सम्वेदनशील अंगहरु जस्तो कि मस्तिस्क आदिमा फैलिनसकेको बताए ।

संसारभर ‘रेटिनो व्लास्टोमा’ भएका मध्ये ५० प्रतिशत बालबालिकाको मृत्यु भएको छ । ‘यो त्यस्तो क्यान्सर मध्ये एक हो, जुन चाडै पत्ता लागेन भने मृत्युको जोखिम हुन्छ । उनको आमाले यो कुरा पत्ता लगाएर चाडैँ नै अस्पतालमा ल्याउन सकिन यो ठूलो कुरा हो’, उनले भने ।

डाक्टर अब्राहमका अनुसार अब राइडरमा तीन देखी छ चरणको अप्थाल्मिक आर्टरी केमो सर्जरी सहभागी हुनेछन् जसमा ६ फुट लामो कपाल भन्दा मसिनो क्याथेटरलाई पेटको खुट्टाको बीचको भागबाट छिराई पेट छाती घाँटी हुँदै आँखाको रक्तधमनीमा पुरयाई कडा डोजको औषधि सिधै ट्युमरमा दिइने छ । यो प्रक्रिया नियमीत केमो थेरापी भन्दा राम्रो भएको डाक्टरहरु बताउछन् ।

राइडरको यो प्रक्रिया पछि ठिक हुने सम्भावना ९९ प्रतिशत रहेको र देब्रे आँखामा पनि केही दृष्टि हुनसक्ने डाक्टर बताउछन् । राइडरकी आमा भन्छिन्, ‘यो प्रक्रिया सुरु भइसक्दा पनि छोरा एकदम स्वस्थ र सक्रिय देखिएको छ जस्तो कि उसलाई केही भएकै छैन ।’

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *