औषधिलाई विश्वासिलो र सेवामुखी गराउनै पर्छ : पूर्वअध्यक्ष रेग्मी

DJPL

नेपाली हेल्थ / काठमाडौँ – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले औषधिलाई विश्वासिलो बनाउने र सेवामुखी लक्ष्यलाई सहजता प्रदान गर्न उत्पादकहरुलाई आग्रह गरेका छन् । उनले सबैभन्दा महत्वपूर्ण कुरा औषधिको गुणस्तर भएकोले त्यसलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।

देउराली जनता फर्मास्यूटिकल्स प्रालि( डीजेपीएल)को २५ औँ बार्षिकोत्सब तथा रजत जयन्ती समारोहलाई सम्वोधन गर्र्दै पूर्वअध्यक्ष रेग्मीले फर्मास्यूटिकल्स स्वास्थ्य सेवासंग सम्वन्धीत सेवामुलक विषय भएपनि व्यावसायिक र देशको उद्यमशिलतासंग जोडिएको विषय भएको बताए । उनले डीजेपीएलको सेवा र गुणस्तरमा देखाएको प्रतिवद्धताको प्रशंसा समेत गरे ।

डीजेपीएलका कार्यकारी निर्देशक हरिभक्त शर्माले साढे दुई दशकको अवधीमा कम्पनीबाट उत्पादित औषधिलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गराउने बाताबरणमा लागेको बताउदै स्वेदशका लागि आफ्नो उत्पादन पहिलो नम्वर भएको बताए ।

उनले स्वदेशमै उच्च गुणस्तरीय औषधि उत्पादन गरी औषधि उत्पादनको क्षेत्रलाई आत्मनिर्भर गराउने प्रत्यत्न अझै जारी रहेको बताए । रजत जयन्तीकै अबसरमा आफूहरुले ‘दिब्यम’ डिभिजन सुरु गरी कलेजो र पाचन प्रक्रियामा प्रयोग हुने औषधि उत्पादन सुरु गरेको बताए ।

कम्पनीले पाचन प्रणालीको लागि आवश्यक औषधि ‘दिब्यम’ उत्पादनका लागि सम्पूर्ण पूर्वाधार तयार गरिसकेको छ । जसका लागि १० करोड रुपैयाँ लगानी हुनेछ भने ४५ जनाभन्दा बढी सो क्षेत्रका दक्ष कर्मचारीले रोजगारी पाउने शर्माले जानकारी दिए ।

यसैगरी इन्जेक्सन र इमर्जेन्सी सेवाका लागि आवश्यक औषधि उत्पादनका लागि भने ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । सोको लागि छुट्टै युनिट खडा गरेर उत्पादन शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

रजत जयन्तीको अवसरमा कम्पनीले दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पदक शिल्ड प्रशंसापत्र तथा नगदद्धारा सम्मान गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *