९० प्रतिशत चित्र नछाप्ने सुर्ती उद्योगलाई अब कार्बाही हुन्छ : उद्योगमन्त्री मन्त्री पाण्डे

som pd
सोमप्रसाद पाण्डे, उद्योगमन्त्री

नेपाली हेल्थ / काठमाडौँ – उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मापदण्ड पुरा नगरी सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुलाई कारबाही गर्ने बताएका छन् । उनले राज्यले तोकेको ऐन नियम पालना गर्नु सबै उद्योगको कर्तव्य भएको भन्दै अटेरी गर्नेलाई कारबाही गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

बर्षेनी २६ हजार बढीको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सरकारले १२ कात्तिक २०७१ मा गरेको निर्णयको अनुसार गत २ जेठ देखी बजारमा आउने सबै सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश छाप्नुपर्ने छ । तर नेपाली उद्योगहरुले अहिलेसम्म सो नियमको उल्लंगन गर्दै आएका छन् । उद्योगहरुको अटेरीप्रति नियमनकारी निकाय मौन बसेको छ ।

टोवाको तथा लङ क्यान्सरमा काम गर्दै आएको अन्तराष्ट्रिय गैर सरकारी संस्था द युनियनका टोवाको कन्ट्रोल प्रोगाम क्षेत्रीय सल्लाहकार डा. तारासिं बमको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसंग मन्त्री पाण्डेले यस्तो कुरा बताएका हुन् । उनले सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश छाप्न आफ्नो मन्त्रालयले पटक पटक निर्देशन दिएको र अव पनि अटेरी गरे सरकार कारबाही गर्न पछि नपर्ने जानकारी दिए ।

बर्षेनी २६ हजार बढीको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सरकारले १२ कात्तिक २०७१ मा गरेको निर्णयको अनुसार गत २ जेठ देखी बजारमा आउने सबै सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश छाप्नुपर्ने छ । तर नेपाली उद्योगहरुले अहिलेसम्म सो नियमको उल्लंगन गर्दै आएका छन् । उद्योगहरुको अटेरीप्रति नियमनकारी निकाय मौन बसेको छ ।

नेपालको सुर्तीजन्य पदार्थको ९५ प्रतिशत हिस्सा ओगटेको सुर्ती उद्योग सूर्य नेपाल प्रालिले नियमनकारी निकायका उच्च अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेकै कारण अनुगमन र कारबाही फितलो भएको बुझिएको छ ।

सल्लाहकार डा. बमले उद्योगहरुको नियमनकारी निकाय उद्योग मन्त्रालयले कडाई नगर्दा सुर्ती उद्योगीहरु सरकार नियमकै अटेरी गरेको बताए । उनले जनताको स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही नहुने भन्दै यसमा यसमा मन्त्री आफैले चासो दिएर अघि बढ्नुपर्ने बताए ।

नेपालको सुर्तीजन्य पदार्थको ९५ प्रतिशत हिस्सा ओगटेको सुर्ती उद्योग सूर्य नेपाल प्रालिले नियमनकारी निकायका उच्च अधिकारीहरुलाई आर्थिक प्रलोभनमा पारेकै कारण अनुगमन र कारबाही फितलो भएको बुझिएको छ ।

डा. बमसंग मन्त्री पाण्डेले केही दिनमै परिणाम देखिने गरी उद्योगमन्त्रालयले सुर्तीजन्य पदार्थको नियमन गर्ने बताए ।

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग विरुद्ध काम गर्दै आएको संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले उत्कृष्ठ बनेको सुर्ती नियन्त्रण गर्ने सम्वन्धी कानून सरकारी अधिकारीकै वेवास्ताका कारण ओझेलमा परेको बताए । उनले नियमनकारी निकाय मौन बसिदिँदा सुर्तीउद्योगीले खुल्लमखुल्ला सरकारी नियमको अटेरी गरेको बताए । उनले सरकारले तोकेको मापदण्ड विपरीत उत्पादन गर्ने सुर्ती उद्योगलाई उद्योगमन्त्रालयले कारबाही गर्नुपर्नेमा जोड दिए ।

नेपाल आउने केही विदेशी चुरोटले मापदण्ड पुरा गरे 

marlboro

नेपाली उद्योगहरुले अटेरी गरिरहेका बेला विदेशी कम्पनीबाट नेपाल आउने केही चुरोटहरुमा भने नेपाल सरकारले तोकेको चित्र छापिएको छ ।

इन्डोनेसियाको फिलिप मोरिस कम्पनीबाट नेपाल सप्लाई हुने मार्लबोरो, व्ल्याक लगायतका चुरोटमा नेपाल सरकारले तोकेकै मापदण्ड अनुसारको चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देश देख्न सकिन्छ ।

चुरोटका फरक फरक प्याकेटमा पाँच वटा फरक फरक चित्र, त्यो पनि नेपाली भाषामा लेखिएको छ र चित्रात्मक सन्देशले ९० प्रतिशत हिस्सा ओगटेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *