यी हुन ‘जीका भाइरस’बारेका पाँच तथ्य !

jika virus

१. जीका भाइरस प्रति यति धेरै गम्भीर किन ?

लामखुट्टेबाट सर्ने जीका भाइरसको सम्वन्ध अहिले एकदमै विरलै लाग्ने स्नायुरोग माइक्रोसेफाली संग पाइएकोले यसले अहिले संसारको ध्यानाकर्षण गराएको छ । सन २०१४ मा जम्मा १४६ वटा माइक्रोसेफालीको केस भेटिएको ब्राजिलमा सन २०१५ को नोभेम्बर सम्म आइपुग्दा केस बढेर ४ हजार १८० पुगेको थियो । र ती सबै माइक्रोसेफाली संक्रमित महिलालाई परीक्षण गर्दा जीका भाइरस भेटिएको थियो ।

२. जीका भाइरस कसरी फैलिन्छ ?

एडिस एजिप्टी नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग फैलने गर्छ । त्यसैगरि आमाबाट बच्चामा, रगतबाट, यौनसम्पर्कबाट तथा प्रयोगशालामा एक्सपोजरबाट पनि यो भाइरस फैलन सक्ने देखिएको छ ।

३. जीका भाइरस अहिले कहाँ छ ?

जीका भाइरसको प्रकोप अहिले बारबाडोस, बोलिभिया, ब्राजिल, केप भर्डे, कोलम्बिया, डोमिनिकन रिपव्लिक , इक्वेडर, एलसाल्भाडोर, फ्रेन्च गुयना, गुवार्डेलेप, ग्वाटेमाला, गुयना, हैटी, होन्डुरस, मार्टिनीक, मेक्सिको, पनामा, पाराग्वे, पोर्यतोरिको, सेन्टमार्टिन, सुरिनेम, सामवा, भेनेजुयला हुदै अहिले अमेरिकामा पनि देखा परेको छ ।

४. जीका भाइरसबाट बच्न के गर्ने ?

अहिलेसम्म यसको उपचार तथा रोकथामको उपाय पत्ता लागिसकेको छैन् । चिकित्सकहरुले संक्रमित स्थानमा नजानु वा यात्रा नगर्नुनै सबैभन्दा सुरक्षित उपाय भएको बताएका छन् । यदि ती ठाँउमा यात्रा गर्नुपरेमा पुरै शरीर कपडाले छोपी, लामखुट्टे भगाउने मल्हम शरीरमा लगाउन उचित हुन्छ ।

५. जीका भाइरसको प्रकोप रोक्न अहिलेसम्म के के भयो ?

बैज्ञानिकहरु यो भाइरसको उपचार तथा रोकथामको लागि औषधिको खोजिमा छन् । त्यस्तै गरी ती ठाँउमा लामखुट्टे मार्ने अभियान सुरु गरिएको छ । यो बाहेक OX513A  नामक जीन परिवर्तन गरिएको एडिस एजिप्टी मेल लामखुट्टेको विकास गर्दैछन् ।

एडिस एजिप्टी फिमेलले जीका भाइरस सार्ने गर्छ । फिमेल र जीन परिवर्तित मेल एडिस एजिप्टी मिलेर प्रजनन प्रक्रियामा भाग लिए भने त्यसबाट निस्कने सन्तान बाच्न नसक्ने बैज्ञानिकको दावी छ । त्यसैले लामखुट्टेको प्रकोप घटाउन जीन परिवर्तन गरिएको मेल लामखुट्टेको विकास गरिएको हो ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *