कपिलवस्तु र सुनसरीमा दादुरा फैलिएको पुष्टि

DADURA

नेपाली हेल्थ / काठमाडौँ –  कपिलवस्तु र सुनसरीमा फैलिएको भनिएको अज्ञात रोग दादुरा भएको पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विरामी बालबालिकाबाट संकलन गरेको रगत तथा स्वाव परीक्षण गर्दा दादुरा भएको पुष्टि भएको हो ।

प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले कपिलवस्तुबाट ल्याइएको ९ जनाको नमूना परीक्षण गर्दा ८ जनामा दादुरा भएको बताइन् । उनले सुनसरीबाट ल्याइएको नमूना परीक्षण गर्दा पनि दादुरा भएको जानकारी दिइन ।

प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले कपिलवस्तुबाट ल्याइएको ९ जनाको नमूना परीक्षण गर्दा ८ जनामा दादुरा भएको बताइन् । उनले सुनसरीबाट ल्याइएको नमूना परीक्षण गर्दा पनि दादुरा भएको जानकारी दिइन ।

कपिलवस्तुको दक्षिण पश्चिम क्षेत्र सोमडिह गाविस ७ र ८ मा पर्ने इटवा गाँउमा ६ जना बालबालिकाको मृत्यु भएको थियो भने दुई सय बढी बालबालिका विरामी परेका थिए । त्यस्तै सुनसरीको दक्षिणी भेगमा पर्ने देवानगञ्ज गाविसको मुसहर बस्तीमा फैलिएको दादुराबाट दुई जना बालबालिकाको ज्यान गईसकेको छ । २५ भन्दा बढी विरामी परेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका खोपशाखा प्रमुख मुकुन्द गौतमले दादुराप्रभावित जिल्लामा खोप कार्यक्रम सुरु गर्न लागिएको बताए । उनले पहिले दादुराको खोप नलगाएका कारण बालबालिकाहरुमा संक्रमण देखापरेको हुनसक्ने आँकलन गरे । उनले दादुरा देखिएका कपिलवस्तु र सुनसरीमा खोप अभियान सञ्चालन गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताए ।

खोप प्रमुख गौतमले भुकम्पप्रभावित १४ जिल्लालाई दादुराजोखिमयुक्त जिल्लाको रुपमा लिएर खोप अभियान सुरु गरेकोले अहिलेसम्म दादुरा देखा नपरेको समेत दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *