नाफामुलक स्वास्थ्य संस्थालाई प्रतिष्ठान बनाउन लागिएको भन्दै नागरिक अगुवाको आपत्ति

नेपाली हेल्थ / काठमाडौ – सरकारले नाफामुलक स्वास्थ्य संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउन लागिएको भन्दै नागरिक अगुवाहरुले विरोध जनाएका छन् । उनीहरुले मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा संसदमा दर्ता भएको विधेयक तत्काल फिर्ता गर्न संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार ४४ जना अगुवाहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै सोमबारबाट अनसन बस्ने घोषणा गरेका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीलाई पनि कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका छन् । उनीहरुले भनेका छन् , ‘यदि सरकार र संसदले विधियेक फिर्ता नलिए हामी डा केसीलाई साथ दिएर कडा आन्दोलनमा उत्रने छौँ ।’

विज्ञप्ती जारी गर्ने हरुमा

केदारभक्त माथेमा, डा सुरेश राज शर्मा, डा मदन कुमार उपाध्याय, निलाम्बर आचार्य, प्रा डा जयराज आचार्य, प्रा चैतन्य मिश्र, प्रा अभि सुवेदी, प्रा डा महेश उपाध्याय, प्रा डा खगेन्द्र भट्टराई, कुलचन्द्र गौतम, डा उपेन्द्र देवकोटा, अनुराधा कोइराला, दमननाथ ढुंगाना, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, कृष्ण खनाल, भोजराज पोखरेल, विमल कोइराला, लीलामणि पौड्याल, रामेश्वर खनाल,  दीपक ज्ञवाली,  प्रा नविन प्रकाशजंग शाह, प्रा डा विश्वम्भर प्याकुर्‍याल, ध्रुवचन्द्र गौतम, प्रा डा केदार लाल श्रेष्ठ , प्रा डा विद्यानाथ कोइराला , डा मनप्रसाद वाग्ले, डा सरोज धिताल, डा पुकार मल्ल,  राजेन्द्र दाहाल,  किशोर नेपाल,  युवराज घिमिरे,  नारायण वाग्ले,  प्रतिक प्रधान,  कुन्द दीक्षित,  खगेन्द्र संग्रौला, सिके लाल,  प्रत्युष वन्त,  शिव गाउँले,  यादव खरेल,  कपिल श्रेष्ठ,  विनोद सिंजापति,  शेखर खरेल, र मंगलसिद्धि मानन्धर रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *