विशेषज्ञ लाइसेन्स परीक्षामा ३५ प्रतिशत चिकित्सक फेल

nmc

नेपाली हेल्थ / काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सक दर्ताको लागि लिएको परीक्षामा सहभागी ३५ प्रतिशत चिकित्सक फेल भएका छन् ।

काउन्सिलले विशेषज्ञ दर्ताका लागि शनिबार लिइएको विशेष परीक्षामा ४१० जना सहभागी थिए । ति मध्ये २६७ जना(६५.१५ प्रतिशत) मात्रै पास भएको काउन्सिलले जनाएको छ । बाँकी १४३ जना फेल भएका छन् । उनीहरुले विभिन्न ४१ विधामा परीक्षा दिएका थिए ।

काउन्सिलमा अहिलेसम्म करीब १७ हजार चिकित्सक दर्ता भएका छन् । त्यसमध्ये दर्ता भएका विशेषज्ञ चिकित्सकको संख्या ४ हजार नाघेको छ ।

काउन्सिलले एमबीबीएस अध्ययन उत्तीर्ण गरेकालाई बर्षको तीन पटक र पोष्ट ग्राजुएट्स गरेकालाई बर्षको दुईपटक लाइसेन्स परीक्षा गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *