पेशालाई मर्यादित बनाउन चिकित्सकलाई आग्रह

IMG_20160124_142541

नेपाली हेल्थ / काठमाडौँ – स्वास्थ्य राज्य मन्त्री मोहमद मुस्ताक आलमले आफ्नो पेशालाई मर्यादित बनाउन चिकित्सकसंग आग्रह गरेका छन् । उनले पछिल्ला दिनमा चिकित्सकहरु पैसा मुखी भएको गुनासो गरेका छन् ।

टेकुस्थित सहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ८२ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उनले सरकारी चिकित्सकहरु बढी निजी अस्पतालमा हावी हुने गरेको भन्दै गरीवहरु चिकित्सकको पहुचबाट टाढा हुँदै गएको बताए । उनले सरकारी चिकित्सकहरुलाई सरकारी स्वास्थ्य संस्थामै रहेर काम गर्न सुझाव दिए ।

स्वास्थ्यमा देखिएको अनुगमन प्रणालीलाई व्यवस्थित गर्न आफू देश दौडाहामा निस्कने भन्दै त्यसमा देखिएको नतिजाको आधारमा स्वास्थ्यकर्मीलाई पुरस्कृत र दण्डित गर्ने बताए ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले स्वास्थ्य जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने सरकारी योजना अनुसार नै मन्त्रालय अघि बढेको भन्दै लगानीको अभावले चाहेजति उपलव्धी हासिल गर्न नसकेको बताए । उनले अव सुरु हुन लागेको स्वास्थ्य विमा कार्यक्रमले जनताको स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता हुने बताए ।

खोपको प्रसंग निकाल्दै स्वास्थ्य सचिव श्रेष्ठले कर्मचारीको स्तरबृद्धिले खोप कार्यक्रममा असर परेको बताए । उनले भने , ‘खोप लगाउने स्वास्थ्यकर्मी जति स्तरबृद्धि भई हाकिम भएर बस्नु भयो अहिले खोप लगाउन समस्या भइरहेको छ ।’

अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले अस्पतालले दिएको सेवा बारेमा जानकारी दिदै बार्षिक प्रगति विबरण पेश गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *