डा. केसीको घोषित अनसन स्थगित हुनेछाँट देखिएन

dr-govinda-kc

नेपाली हेल्थ /काठमाडौँ – सोमबार बेलुका ५ बजेबाट आठौँ अनसन सुरु गर्ने घोषणा गरेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आफ्नो योजनामा अहिलेसम्म परिवर्तन गर्ने आधार नभएको बताएका छन् । उनले चिकित्सा शिक्षा आयोग गठन मात्रै आफ्नो माग नभएको दोहोरयाउदै आइतबारसम्म अन्य माग पुरा नभए सोमबारबाट अनसन सुरु हुने स्पष्ट पारेका छन् ।

उनले अहिलेसम्म सरकारीस्तरबाट औपचारिक अनौपचारिक कुनै छलफल नभएको भन्दै अनसनका लागि आफू मानसिक रुपमा तयारी भइसकेको जनाएका छन् ।

आइतबार विहान नेपालीहेल्थसंग कुरा गर्दै डा केसीले आयोग गठनप्रति आफ्नो आपत्ती नभएको भन्दै बाँकि मागहरु पुरा नभएपछि अनसन बस्न लागेको जनाए । ‘अन्य माग पुरा गर्ने विषयमा केही कुरा आएको छैन । आज दिनभरको समय छ ।’ तर मेरो अनसनको घोषणा पछि मनमोहन चिकित्सा विज्ञान प्रतिष्ठानको विधेयक हतार हतार पास गराउन लागेको सुनेको छु’ डा केसीले भने ।   उनले संसदबाट सो विधेयक आजै फिर्ता नगरिए र बाँकि अन्य माग पनि तत्काल पुरा नभए सोमबार बेलुका ५ बजे देखी आठौ चरणको अनसन सुरु गर्ने बताए ।

उता उच्चस्तरीय चिकित्सा शिक्षा आयोगका कार्याकारी उपाध्यक्ष डा भगवान कोइरालाले नियुक्तीको पत्र पाए लगत्तै आयोगले काम सुरु गर्ने बताएका छन् । नेपाली हेल्थसंग कुरा गर्दै उनले पत्र पाएको दिन देखिनै युद्धस्तरमा काम गर्ने जनाए । ‘शुक्रबार नियुक्तिको निर्णय भयो , हिजो शनिबार भैहाल्यो आज पत्र पाइन्छ होला, त्यसपछि हाम्रो टिमले काम सुरु गर्छ र सकेसम्म छिटो नतिजा देखिने गरी काम गर्छ’ नेपालीहेल्थसंग भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *