मस्तिस्क मृत्यु भएको एक जनाको अंगले नौ जनालाई लाभ

brain death

नेपाली हेल्थ /काठमाडौँ – अब एक जना मस्तिस्क मृत्यु भएको व्यक्तिको नौ वटा अंग झिकेर विभिन्न नौ समस्या भएका नौ जनामा प्रत्यारोपण गर्न सकिने भएको छ । ती नौ अंगहरुमा दुईवटा मिर्गौला, दुईवटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा पेंक्रियाज र दुईवटा आँखा गरी नौ वटा अंग झिक्न र प्रत्यारोपण गर्न सकिन्छ ।

व्यवस्थापिका संसदले शुक्रबार मानव शरीरको अंग प्रत्यारोपण ( नियमित तथा निषेध ) ऐन २०५५ लाई संसोधन गर्न बनेको विधेयक २०७२ पारित गरेपछि यस्तो बाटो खुलेको हो । शुक्रबारको बैठकले लामो समय देखी छलफलमा रहेको सो विधेयकलाई पारित गरेको थियो । यद्धपी सो ऐन राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकि छ । प्रमाणिकरण भइसकेपछि सो ऐन कार्यान्वनयमा आउनेछ ।

देशभरको आधिकारिक तथ्यांक नआएको भएपनि उपत्यकाका ठूला अस्पतालमा मात्रै बार्षिक सरदर एक हजार विरामीको मस्तिस्क मृत्यु ( बे्रन डेथ हुने गरेको तथ्यांक छ । यदि यी सबै मस्तिस्क मृत्यु भएका व्यक्तिको अंगझिक्न सकिएमा ९ हजार बढीले लाभ पाउन सक्छन् । किनकी मस्तिस्क मृत्यु भएकाहरुको ९ वटा अंग झिकेर आवश्यक परेकाहरुमा प्रत्यारोपण गर्न सकिन्छ ।

यो कानून बनाउने कार्यमा सक्रियताका साथ लागेका मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कानून आइसकेपछि परिबारको इच्छामा बे्रन डेथ भएकाहरुको अंग सहजरुपमा आवश्यक परेकामा प्रत्यारोपण गर्न मिल्ने बताए । उनले परिबार र या विरामी व्यक्तिले विरामी हुनु अगावै अंग दान गर्ने घोषणा गरेको भएमामात्रै अंग झिक्न सकिने बताए ।

नेपालमा अहिलेसम्म आँखा र मिर्गौलाको मात्रै प्रत्यारोपण हुने गरेको छ । मानवअंक प्रत्यारोपण केन्द्र भक्तपुरले केही महिना भित्रै कलेजो प्रत्यारोपण सुरु गर्ने बताएको छ । ‘त्यसका आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्दैछौँ,’ कार्यकारी निर्देशक डा. श्रेष्ठले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *