चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्षमा प्रा.डा. भगवान कोइराला

dr bhagawan
नेपाली हेल्थ /काठमाडौँ – सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गठन गरेको आयोगका कार्यकारी उपाध्यक्ष प्राडा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आयोगका अन्य सदस्यहरुमा प्रतिष्ठानका तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा सिर्जना श्रेष्ठ, प्राडा अर्जुन कार्की, प्राडा जगदीशप्रसाद अग्रवाल, डा श्रीकृष्ण गिरी र नीजि मेडिकल कलेज तर्फबाट डा सुरेश कनोडिया रहेका छन् ।

यसैगरी आयोगको पदेन सदस्यमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव, मेडिकल  र नर्सिङ काउन्सिलका अध्यक्ष रहनेछन् ।

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले बुधबार मात्रै अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोगको गठन गर्न समेत सरकारले ढिलाई गरेको भन्दै सोमबारबाट अनसन बस्ने चेतावनि दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *