‘ट्रमा’ केसमा समेत उत्कृष्ठ बन्दै ‘चौराहा अस्पताल’

churaha hospital

नेपाली हेल्थ / बुटवल – अब यस क्षेत्रबाट दुर्घटना तथा ठूला चोटपटक लागि गम्भीर घाइते भएकाहरुलाई हतार हतार राजधानीका अस्पतालमा रिफर गरिहाल्न नपर्ने भएको छ । राजधानीकै ठूला अस्पतालले दिने सेवा कालिकानगरस्थित चौराहा हस्पिटलले उपलव्ध गराउन थालेपछि राजधानी रिफर गरिहाल्न नपर्ने भएको हो ।

सो अस्पतालले दुर्घटनाका घाइते तथा अन्य कारणले गम्भीर चोटपटक लागेकाहरुको लागि भन्दै उपचारका लागि विशेषज्ञ सहितको अत्याधुनिक ट्रमा सेवा सञ्चालनमा  ल्याएपछि यस्तो सुविधा भएको हो ।’ अहिले  हामीकहाँ ट्रमा सम्वन्धी सबै उपचारहरु भइरहेका छन् , त्यसका लागि अर्र्थो, न्युरो, म्याक्जुल्योफेसियल  सर्जरीका विशेषज्ञहरु यहाँ उपलव्ध हुनुहुन्छ’ अस्पतालका ट्रमा सर्जन डा योेगेन्द्र अग्रहरीले नेपालीहेल्थलाई भने । उनले चौराहा अस्पतालले ट्रमा सेवा सुरु गरेपछि दुर्घटना तथा अन्य कारणले ठूला चोटपटक लागि गम्भीर घाइते भएकाहरुलाई हतार हतार काठमाडौ कुदाउन नपर्ने भएको समेत दावी गरे ।

‘पहिले यस भेगका कुनै पनि अस्पतालमा यस्तो सुविधा थिएन । त्यसैले गम्भीर चोट लाग्यो कि काठमाडौँ रिफर गर्नुपथ्र्यो । सिरियस विरामीलाई रिफर गर्दा कहिलेकाही बाटोमै मृत्यु समेत हुन्थ्यो तर अब त्यस्तो छैन । चौराहा अस्पतालको सेवा काठमाडौँका अस्पतालका जस्तै छ’  डा. अग्रहरीले भने ।

त्यसो त अग्रहरिकै टोलीले केही दिन अघि हीपको हड्डी भाचिँदा गरिने सल्यक्रिया एसिटाबुल तथा पेल्भिस जस्ता जटिल सल्यक्रिया सफलता पूर्वक गरेको छ । डा. अग्रहरीको टोलीले  कपिलबस्तु शिबराज  नगरपालिका बालापुर निवासी १७ बर्षिय श्यामु यादब तथा दाङ भालुवाङका बिक्रम सोमैको  सो खालको जटिल सल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *