अज्ञात रोगबाट कलिपवस्तुमा मृत्यु हुनेको संख्या ६ पुग्यो

rubella_342x198_M2100375

नेपाली हेल्थ /कपिलवस्तु –जिल्ला सदरमुकाम तौलिहवाबाट सात किलोमिटर दक्षिण पश्चिममा पर्ने सोमडिह गाविसको वडा नं ७ र ८ इटवा गाँउमा दुई साता देखी फैलिएको अज्ञात रोगबाट मर्ने बालबालिकाको संख्या ६ पुगेको छ । एक जना बालिकाको गएराती मृत्यु भएको हो ।

रोग फैलिएको गाँउ इटवा पुगेका जिल्ला जनस्वास्वास्थ्य कार्यालयका सिअहेव माधव अर्यालले थप एक जनाको मृत्यु भएको बताए । यद्धपी मृतक बालिकाको सबै जानकारी पाइ जानकारी दिए ।

नेपाली हेल्थसंग कुरा गर्दै उनले जिल्लाका  दुई वडामा गरी ५० जना बालबालिका गम्भीर विरामी परेको जनाए । यद्धपी रोगको संक्रमण अढाई सय बढीमा देखिएको स्थानीय बताउछन ।

सिअहेव अर्यालले बालबालिकाहरुमा दादुराको लक्षण देखिएको  बताए । उनले केही बालबालिका शिघ्र कुपोषणमा परेको समेत जानकारी दिए । ‘उच्च ज्वरो, झाडा पखला, निमोनिया र कुपोषण समेत देखिएको छ । उनले भने यहि रोग हो भन्ने यकिन अहिलेसम्म भएको छैन’  नेपाली हेल्थसंग भने ।

मुस्लिम र हिन्दु समुदायको बराबर बसोबास भएको सो गाँउमा पन्धदिन अघि देखी संक्रमण भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयमा ३ दिन अघि मात्रै जानकारी आएको बताइएको छ ।

अर्यालले रोग फैलिइसके पछि पनि अभिभावकहरु औषधि उपचार गर्न भन्दा भगवान रिसाएको भन्दै पुजापाठ र झारफुक तर्फ लाग्दा बालबालिकाको ज्यान गएको दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *