कपिलवस्तुमा अज्ञात रोगबाट पाँच बालबालिकाको मृत्यु, दुई सय बढी विरामी

नेपाली हेल्थ / काठमाडौँ – दादुराजस्तो देखिने अज्ञात रोगबाट कपिलवस्तुमा पाँच बालबालिकाको मृत्यु भएको छ । दुई सय बढी विरामी भएका छन् ।rubella_342x198_M2100375

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार सोमडिह गाविस ७ र ८ मा पर्ने इटवा गाँउमा विगत दुई साता यता देखा परेको अज्ञात रोगले तीन वर्षका आकाश कोरी, डेढ वर्षकी जानकी रैदास, तीन वर्षका सञ्जु चौधरी, पाँच वर्षकी रिङ्का यादव र १० महिनाका अमित यादवको ज्यान गएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले भने ४ जनाको ज्यान गएको जानकारी आएको बताए । उनले दुई सय बढी बालबालिका प्रभावित भएको जानकारी दिए । ‘जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुको टोली आज इटवा गाँउ पुगेको छ र उसले करीब दुई सय बालबालिका प्रभावित भएको जानकारी दिएको छ’ डा. मरासिनीले नेपाली हेल्थसंग भने ।

टोलीले दिएको जानकारी अनुसार रोगको लक्षण दादुरासंग मिल्दो जुल्दो छ । लामो समय देखीको नाकाबन्दी र मधेस आन्दोलनले तराईका कतिपय क्षेत्रमा खोप सेवा प्रभावित भएको बताइएको छ । डा मरासिनीले खोप नलगाएका कारण पनि त्यस्तो अवस्था आउन सक्ने बताए ।

‘कतिपय जिल्लामा खोप नपुगेको गुनासो आइरहेको छ । आन्दोलनका कारण स्वास्थ्यकर्मीहरु नबसेको हुनसक्छ वा समयमा लाउनुपर्ने खोप नलगाएको हुनसक्छ । त्यसैले यस्तो भएको हो कि ?”  नेपाली हेल्थसंग उनले भने ।

उता जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु जैसवालले विरामी बालबालिकाको रगतको नमूना लिएर प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *