स्वास्थ्यमा सरुवा : आयुर्वेद विभागको महानिर्देशकमा डा. टेकराज पन्थी, मध्यपश्चिममा डोटेल

डा. टेकराज पन्थी
डा. टेकराज पन्थी

नेपाली हेल्थ / काठमाडौँ – स्वास्थ्य मन्त्रालयले आयुर्वेद विभागको महानिर्देशक पदमा डा. टेकराज पन्थीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीस्तरीय बैठकले विभागका चिकित्सा तथा आपूर्ति महाशाखा प्रमुख डा पन्थीलाई निमित्त महानिर्देशकको जिम्मेबारी दिने निर्णय गरेको हो ।

डा. पन्थी भर्खरै दशौँ तहमा बढुवा भएका हुन् । महानिर्देशक पद ११ औ तहको भएपनि ११ औ तहका एक मात्रै उमेद्धार डा. बासुदेव उपाध्यायलाई  मन्त्रालयमै यथावत राखिएको छ ।

यसअघि विभागको महानिर्देशक डा. देवकला भण्डारीले आफ्नै श्रीमान डा. चन्द्रप्रसाद भुसाललाई निमित्त महानिर्देशकको जिम्मेबारी सुम्पेर केही दिन अघि मात्रै राजिनामा दिएकी थिइन । उनको राजिनामा स्वीकृत भएको तीन दिन पछि मन्त्रालयले पन्थीलाई महानिर्देशक बनाएको हो ।

यसैगरी सोमबारको बैठकले मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको रिक्त निर्देशक पदमा भोगेन्द्र डोटेललाई पठाएको छ । क्षेत्रीय निर्देशक रहेका डा. राजेन्द्र पन्त गतमहिना बालस्वास्थ्य महाशाखाको निर्देशकको रुपमा ल्याइए पछि रिक्त रहेको सो स्थानमा डोटेललाई पठाइएको हो । डोटेललाई पनि निमित्त निर्देशकको जिम्मेबारी दिइएको छ ।

भोगेन्द्र डोटेल
भोगेन्द्र डोटेल

११ औँ तहको क्षेत्रीय निर्देशक चिकित्सक पठाउने व्यवस्था विपरीत जनस्वास्थ्यका १० औ तहका जनस्वास्थ्य अधिकृत डोटेललाई पठाएको हो ।

उनी यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख थिए । सोमबारको बैठकले १३६ जना नयाँ चिकित्सकको समेत पोष्टिङ गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *