साढे चौध हजार विपन्न नागरिक उपचारका लागि सरकारी सम्पर्कमा (कुन रोगमा कति ?)

नेपाली हेल्थ/काठमाडौँ – चालु आर्थिक बर्षको प्रथम चौमासिक सम्म नयाँ तथा पुराना गरी १४ हजार ३१० जना विपन्न नागरिक कडा रोग उपचारका लागि सरकारी सम्पर्कमा पुगेका छन् । विपन्न नागरिकका लागि १० किसिमका कडा तथा खर्चालु रोगका लागि राज्यले उपचार सहुलियत प्रदान गर्ने भएपछि उनीहरु सो सहुलियतका लागि सम्पर्कमा पुगेका हुन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार झण्डै साढे चौध हजार विपन्न नागरिकले उपचारका लागि राज्यबाट पाउने सहुलियतको सबै प्रक्रिया पुरा गरेका छन् । राज्यले विगत केही बर्ष देखी मुटु, क्यान्सर, मृगौला प्रत्यारोपण, डाइलासिस देखी हेड इन्जुरी सम्मका १० वटा रोगका सूचीकृत अस्पतालहरुमा सहुलियत रकम पठाउने गरेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा विपन्न नागरिक औषधि उपचार इकाइका अनुसार चालु आर्थिक बर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी क्यान्सरका विरामीले सुविधा लिएका छन् । सो रोगका लागि कात्तिक महिनासम्मको तथ्यांक हेर्दा १ हजार ५९४ नयाँ तथा ७ हजार४३१ जना पुराना विरामीले एक लाख रुपैयासम्मको उपचार सेवा लिएका छन् ।

त्यसपछि सबैभन्दा बढी हेमोडाइलासिस सेवा लिनेहरु बढी देखिन्छन् । पहिलो चौमासिकमा ३७० जना नयाँ र ३ हजार ६२३ जना पुराना विरामीलाई सुविधा उपलव्ध गराएको महाशाखाले जनाएको छ ।

तर, ‘हेड इन्जुरी’मा यो अवधीमा एक जना विरामीले पनि सुविधा लिएनन भने स्पाइनल इन्जुरीमा ५ जनाले मात्रै सुविधा लिएको छन् । अल्जाइमर्स रोगमा ३ जना र पार्किसन्स रोगमा ४ जनाले सुविधा लिएको पनि देखिएको छ ।

कुन रोगमा कति ?

tabal1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *