आज पहिलो राष्ट्रिय योग दिवस

yog

नेपाली हेल्थ / काठमाडौँ – सबैका लागि सधैका लागि योग भन्ने मूल नाराका साथ सरकारले आज पहिलो राष्ट्रिय योग दिवस मनाउदै छ । गत २८ साउनमा बसेको मन्त्रिपरिषदको बैठकले १ माघलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय अनुरुप आज दिवस मनाउन लागिएको हो ।

शिक्षामन्त्रालयको अगुवाईमा मनाउन लागिएको योग दिवसका लागि मन्त्री गिरिराजमणी पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

दिवसका अहिले विहान शान्तिबाटिकाबा जागरणमूलक प्रभातफेरी र दिउँसो योगका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । नेपालमा बर्सेनि हजारौँ विदेशी योग सिक्नकै लागि नेपाल आउने गरेका छन् । काठमाडौँमा मात्रै करिब ५० वटा योग केन्द्रले विदेशीलाई मात्र योग सिकाउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *